Play

अघिल्लो नेतृत्वले गर्न नसकेका काम गर्न गठबन्धनलाई भोट- वडाध्यक्ष उम्मेद्वार गिरी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका ८ को वडाध्यक्षकी उम्मेद्वार शारदा गिरीले अघिल्लो नेतृत्वले गर्न नसकेका कामहरु पुरा गर्न गठबन्धनलाई भोट दिन आग्रह गरेकी छिन् ।

सोमबार घरदैलो कार्यक्रममा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदकी उम्मेद्वार बनेकी गिरीले २०७४ सालमा नेकपा एमालेको नेतृत्वले पोखरा महानगरमा धेरै काम अपुरो राखेकाले ती काम पुरा गर्न गठबन्धन आवश्यक रहेको बताइन् ।

महिला, वालवालिका, युवा, जेष्ठ नागरिक, दलित लक्षित कामहरु अझै गर्न बाँकी रहेकाले त्यसमा नयाँ योजनाका साथ अघि बढ्नका लागि आफूहरुको नेतृत्वको खाँचो रहेको उनको भनाइ थियो । पोखरा महानगरमा मेयर र उपमेयरमा गठबन्धनबाट धनराज आचार्य र कोपिला रानाभाट चुनावी मैदानमा छन् ।

पोखरा महानगर ८ मा पनि वडाध्यक्षमा शारदा गिरीसहित गठबन्धन नै अघि बढेको छ । जसमा महिला सदस्य देवीमाया चालिसे, दलित महिला सदस्य माया नेपाली, खुल्लाबाट कृष्णप्रसाद श्रेष्ठ र गठबन्धनबाट दामोदर सिग्देल रहेका छन् ।

१९ बैशाख २०७९, सोमबार २१:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा