Play

पोखराको मेयर र उपमेयरका आकांक्षीहरु सबैको नाम केन्द्रमा सिफारिस

गुरुकुल खबर


पोखरा । आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखराको मेयर र उपमेयरका आकांक्षीहरु सबैको नाम केन्द्रमा सिफारिस गरेको छ  सत्ता गठवन्धनको निर्णय नमान्ने भन्दै मेयर पदका उम्मेदवारहरुको पनि सिफारिस गरेको हो।

नेपाली कांग्रेस पोखरा महानगर समितिले कास्की जिल्ला समितिमा र जिल्ला समितिले प्रदेश समितिमा सिफारिस गरेका उम्मेदवारका आकांक्षीहरुलाई जस्ताको तस्तै केन्द्रमा सिफारिस गरिएको हो ।

केन्द्रमा सिफारिस भएका मेयरका आकांक्षीहरुमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्मचार्य, कृष्ण बहादुर केसी, डा बाबुराम आचार्य, सरस्वती गुरुङ्, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण विजुक्छे, विश्व शंकर पालिखे, किशोरदत्त बराल, बिन्दुकुमार थापा, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा रहेका छन् ।

यसैगरी उपमेयरमा नेपाली काँग्रेस गण्डकीबाट १० जनाको नाम सिफारिस भएका छन् । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

यसअघि नेपाली काँग्रेस पोखरा महानगर समितिको पदाधिकारी तथा उम्मेदवार छनौट समितिको बिहिबार बसेको बैठकले मेयरका १८ जना आकांक्षी र उपमेयरका १० जना आकांक्षीहरुको नाम प्रदेशलाई बुझाएको थियो । “उपमेयरका आकांक्षीहरुलाई राखेर छलफल गरेका थियौ तर कसैले पनि उम्मदेवारी फिर्ता लिन मान्नु भएन, यसैले सबैको नाम जिल्लालाई बुझाएका हौं” महानगर सभापति सुरेन्द्र बिजुक्छे बताए ।

९ बैशाख २०७९, शुक्रबार १०:५५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा