Play

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुरुकुल खबर


चितवन । १५ वर्षिय नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले माडी नगरपालिका-१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।

कक्षा ९ मा अध्ययनरत नाबालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ पर्ने लामिछाने माडी-५ का स्थानीय हुन् । अधिकारीका अनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।

नेपाल शिक्षक संघ माडी इकाईले भने पक्राउ परेका शिक्षकलाई अशोभनीय र अपाच्य व्यवहार गरिएको बताएको छ । नेपाल शिक्षक संघ माडी नगर समितिका अध्यक्ष विश्वनाथ घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी आरोपित शिक्षकलाई कारबाहीको माग गर्ने क्रममा शिक्षकलाई अपमानित र दुर्व्यवहार गरिएको बताएका हुन् । पेशाकर्मीमाथि यस्ता नगर्न संघले अपिल गरेको छ ।

७ चैत्र २०७८, सोमबार १३:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा