Play

पोखरामा ‘विज्ञापन कर’ आतंक,  पोउवा संघको कडा विरोध

गुरुकुल खबर


पोखरामा हरेका व्यावसायिक प्रतिष्ठानहरु अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो–विज्ञापन करको लागि थमाइएको पत्र । पत्रमा हरेक पसलहरुले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ ।

पोखरा महानगरसँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव प्रालिले पठाएको पत्रबाट व्यवसायीहरु आक्रोशित बनेका छन् । राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर संचालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने उनीहरुको जिकिर छ ।

तर, आर्थिक वर्ष २०७८÷०८९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको ठेक्का लिएको सो कम्पनीले दावी छाडेको छैन ।

व्यवसायीहरुलाई कर तिर्न ताकेता गरिएपछि छाता संस्था पोखरा उद्योग वाणिज्य संघले कडा शब्दमा आपत्ति जनाएको छ । संघले महानगरको सहमतिमा भएको यो ज्यादतिलाई ‘स्वेत आतंक’को संज्ञा दिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न माग गर्दै अन्यथा  कदम चाल्ने चेतावनी दिएका छन् ।  ‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् ।

नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ,दर्ता शूल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो’,विज्ञप्तिमा भनिएको छ,‘ कानूनले दोहोरो कर बर्जित गरेको छ । व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन,व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो ।’संघले महानगर कर तिर्ने नागरिकप्रति अराजक र स्वेच्छाचारी भएको आरोप पनि लगाइएको छ ।

संघको विज्ञप्तिमा पोखरा नगरमा थुप्रिएको फोहरको तत्काल व्यवस्थापन गर्न महानगरको ध्यानकर्षण पनि गराइएको छ ।
‘स्वच्छ, हराभरा पोखरा’ को नारा दिएको महानगरमा सर्वसाधारणको स्वास्थ्य तथा व्यापार÷व्यवसायमा नै असर पुग्ने गरी फोहर थुप्रिनु महागनरको कमजोरी भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ,‘एकातिर व्यवसायीहरुलाई अवैधानिक करको भार बोकाउन उद्यत हुने र अर्कोतर्फ उठाएको करको सदुपयोग नगर्ने महानगरको प्रवृत्ति फोहर व्यवस्थापनमा देखिएको उदासीनताले पुष्टि गरेको हाम्रो ठम्याइ रहेको छ ।’

७ चैत्र २०७८, सोमबार १३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा