Play

युवा नेता पराजुली सहित सात जना कास्की कांग्रेसको जिल्ला सदस्यमा मनोनित

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको सदस्यमा नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुली सहित सात जना मनोनित हुनुभएको छ।

मनोनित हुने सदस्यहरुमध्ये पुरुष तर्फ कास्की क्षेत्र नं १ का बावुराम गिरी र अर्जुन गुरुडं, क्षेत्र नं २ का वर्षा केशव पराजुली, क्षेत्र नं ३ का गंगाधर पराजुली हुनुहुन्छ भने महिला तर्फ क्षेत्र नं १ कि निर्मला भण्डारी कार्की र क्षेत्र नं ३ की कमला बिन्दु बराल र सविना तिमिल्सिना रहेको कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिनुभयो ।

पार्टीको विधान अनुसार सभापतिमा निहित अधिकार प्रयोग गरि कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले सात जना सदस्य मनोनित गर्नुभएको हो । मनोनितहरु मध्ये गंगाधर पराजुली पत्रकारिता क्षेत्रमा रहेर लामो समय काम गर्नुभएको थियो । नेपाल विधार्थी संघबाट राजनीतिक यात्रा शुरु गरे पनि कांग्रेस सम्बद्ध संस्थाहरु नेपाल प्रेस युनियन, नेपााल शिक्षक संघ , नेपाल ट्रेड युनियन कांग्रेस लगायतमा स्थानीय र राष्ट्रिय ज़िम्मेवारी निर्वाह गरिसक्नुभएका पराजुली नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत रहेर काम गर्नुभएको थियो ।

पछिल्लो पटक वहाँ नेपाली कांग्रेस पोखरा महानगरसमितिको सभापतिमा चुनाव लडेको भएपनि थोरै मत नपुगे पछि महानगर सभापति बन्न सक्नुभएन । पोखरा महानगर-२३ घर भएपनि पोखरा -५ मा बस्ने पराजुलीले कास्की कांग्रेसको सभापतिको चुनावमा पराजुलीले किशोरदत्त बराललाई आंफ्नो तर्फबाट सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो ।

पराजुली पोखरा महानगरको मेयरको उमेदवारको रुपमा चर्चामा हुनुहुन्छ ।

सदस्यमा मनोनित बाबुराम गिरी व्यवसायिक क्षेत्रमा परिचित नाम हो । स्याडंजाबाट पोखराको लेखनाथ क्षेत्रमा आएर बसेका गिरी हाल नेपाल उधोग बाणिज्य महासंघको सदस्य हुनुहुन्छ । वहाँ लेखनाथ उधोग बाणिज्य संघको पुर्व अध्यक्ष तथा कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।

अर्का सदस्य वर्षा केशव पराजुली नेपाल तरुण दल र नेपाली कांग्रेसको राजनीतिमा लागिरहनुभएको थियो । यस पटक कास्की क्षेत्र नं २ को प्रदेश सभापति पदमा पराजित हुनुभएको थियो । वहांलाई प्रजातन्त्रका योद्धा ऋषि केशव पराजुलीको नातिको रुपमा आम कांग्रेसजनले चिन्दै आएका छन ।

यसैगरि मादी गाउ पालिकाका अर्जुन गुरुडं पनि सोही प्रदेशको सभापतिमा पराजित युवा हुनुहुन्छ । तरुण दलमा सक्रिय रहेर पार्टी राजनीतिमा सक्रिय गुरुडं युवा व्यवसायी पनि हुनुहुन्छ । गुरुडंलाई जिल्लाको राजनीतिमा यज्ञ बहादुर थापाको नजिक रहेको मानिन्छ

महिलाहरु मध्ये कमला बिन्दु बराल थोरै मत नपुगेर महाधिवेशन प्रतिनिधि बन्न बाट बन्चित हुनुभएको थियो । वहाँ पोखरा -२२ पुम्दीभुम्दीको हुनुहुन्छ ।

यसै गरि निर्मला कार्की भण्डारी पोखरा -१० को पूर्व वडा सचिव हुनुहुन्छ । वहाँ पनि विभिन्न संघ संस्थामा सक्रिय हुनुहुन्छ । अर्की सदस्य सविना तिमिल्सिना उमेरले अरु भन्दा सानो हुनुहुन्छ । केन्द्रीय समितिले ३० वर्ष भन्दा कम उमेरका युवालाई पनि मनोनित गर्नुपर्ने व्यवस्था गरेकोले युवाको समेत प्रतिनिधित्व हुन पुगेको हो ।

यस पटक कास्की कांग्रेसका सभापति बरालले मनोनित गरेका सदस्यहरुको बारेमा खासै नकारात्मक टिप्पणी हरु सुनिएका छैनन तर कतिपयले भने आफुले बराललाई सभापति बनाउन सहयोग गरेको तर अहिले आफु वा आफुले भनेको मान्छे मनोनित हुन नसकेको भन्दै असन्तुष्टी प्रकट गर्नेहरु छन ।

सभापति बरालले कास्कीमा वा केन्द्नमा रहेको गुटको झल्को नआउने गरि सदस्यहरुको मनोनयन गरेको प्रतिक्रिया कतिपयले दिएका छन ।

पार्टीमा काम गर्ने युवाहरुको आवश्यकता पुर्ती गर्न अहिले गरिएको मनोनयनले केही सहज हुने अपेक्षा गरिएको र बाँकी १० जना आमन्त्रित सदस्यका साथै विभिन्न विभाग र समितिमा धेरै आकांक्षीहरुलाई समावेश गर्ने तर्फ सभापति बराल गम्भीर रहेको सभापति निकट श्रोतले जानकारी छ ।

यसैबिच कास्की कांग्रेसका सचिव भानु ढकालले एक विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिकाको वर्तमान नेतृत्वले नगरवाशीको हितमा काम गर्न नसकेको जनाउनुभएको छ ।

वहांले पोखरा बजारको फोहरमैला उठाउन नसक्दा नगर दु्गन्धित भएको र नगरवाशीहरु चिन्तित बनेको उल्लेख गर्नुभएको छ ।तत्काल फोहरमैला उठाउन र दिर्घकालीन रुपमा यसको समाँधान गर्न समेत ढकालले विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ

६ चैत्र २०७८, आईतवार २३:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा