Play

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको तयारी

गुरुकुल खबर


पोखरा, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते बिहिबार पोखरामा हुने भएको छ ।

प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरेर कार्य अगाडि बढाइएको अध्यक्ष  सुष्मा पौडेलको भनाई छ । ‘प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन बिहिबार हुँदैछ, अधिवेशनको तयारीमा तिव्रता दिदैं भव्य बनाउने प्रयास गर्दैछौं’ अध्यक्ष पौडेलले भन्नुभयो ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

बहुदलिय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमुलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरुको सञ्चालन, पेशागत सिप र पत्रकारको वृत्ति विकासमा सहयोग पु¥याउने कार्यमा प्रेस चौतारी नेपाल सधैं अग्रपंत्तिमा रहने गरेको छ । यो संगठन श्रमजीवि पत्रकारको हित रक्षाको लागि निरन्तर क्रियाशिल रहदै आएको छ ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८ गते पोखरामा हुँदैछ । विभिन्न उपसमितिको क्रियाशिलता कारण राष्ट्रिय महाधिवेशनको रौनक पोखरामा बढ्न थालेको छ । राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

१६ फाल्गुन २०७८, सोमबार २१:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा