Play

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन

गुरुकुल खबर


पोखरा, १७ पुस । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । पोखरामा शनिबार सम्पन्न एक भेलाले सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यिय तदर्थ समिति गठन गरिएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी र महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्षमा सर्मीला सुनार रहनुभएको छ ।

समितिको सदस्यहरुमा सृजना गौतम, सविता शेरचन, विन्दुचन्द्र बराल, दुर्गा बहादुर बजगाई, दिक्षा भण्डारी, पार्वती तामाङ्ग, यज्ञ कुमारी पौडेल, आइ बहादुर वि.क, रामचन्द्र खड्का, विक्रम श्रेष्ठ, बावुराम क्षेत्री, भुमिराज सुवेदी, हुमादत्त रेग्मी, त्रिकासी गुरुङ, सृजना श्रेष्ठ र सरोग गिरी रहनुभएको छ ।यस्तै समितिको सल्लाहाकारमा अधिवक्ता वेदनाथ भण्डारी, पुर्व प्रशासक रामचन्द्र पौडेल र अधिवक्ता जनकल्याण पराजुली रहनुभएको छ ।

यस अघि कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले उपभोक्ताको हक हितका लागि संस्थाले युद्धस्तरमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – उपभोक्ताको हितका लागि हामी सरोकारवालाहरुसंग निरन्तर खबरदारी र समन्वय गरि अगाडी बढ्न चाहान्छौँ ।

उहाँले आफुहरुले सरकारसंग धेरै कुरा माग नराखेको भन्दै गुणस्तरीय बस्तुको उपभोग गर्न पाउने उपभोक्ताको नैसर्गिक अधिकारको प्रत्याभुति र कालोबजारी अन्त्य हुन हुनुपर्ने उहाँको भनाई रहेको छ । उहाँले ऐन नियममा स्पष्ट व्यवस्था भएपनि नेपालमा भौतिक पुर्वाधारको क्षेत्रमा निकै अनियमिता भएको भन्दै त्यसको विषयमा महासंघले जोड दिएर आवाज उठाउने बताउनुभयो ।

त्यस्तै केन्द्रीय उपाध्यक्ष जिवन बानियाले अन्य उपभोक्ता अधिकारकर्मी र नेपाली उपभोक्ता संरक्षण महासंघका अधिकारकर्मीबीच निकै भिन्नता हुन जरुरी रहेको बताउनुभयो । समाजमा व्याप्त कालोबजारी अन्त्य गर्दै भ्रष्टचारमुक्त समाजको निर्माणमा महासंघ र यसका सदस्यहरु निरन्तर लागिरहने बताउनुभयो ।

आफुहरु अहिले शाखाहरु विस्तारको क्रममा रहेको भन्दै सबै ठाउँमा शाखाविस्तार गरिसकेपनि आम मानिसले देखिनेगरि काम गर्ने योजनासमेत सुनाउनुभयो ।

कार्यक्रममा केन्द्रीय सचिव रोहित बहादुर क्षेत्रीले अहिले महासंघले आम मानीसको सरोकारको विषयमा उठाउनुपर्ने आवाजलाई बुलन्द बनाउन देशको संघिय शासन अनुसार स्थानिय तह, प्रदेश र संघमा समिति गठन गरि काम गर्ने योजनामा रहेको बताउनुभयो ।

नेपाल सरकारको गृहमन्त्रालय मार्फत उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघ २०७८ सालमा दर्ता भएको संस्था हो । यसको गण्डकी प्रदेश समिति ५ वटा प्रदेशमा प्रदेश समिति गठन भएको छ भने सुदुरपश्चिम प्रदेशको ८ जिल्लामा जिल्ला शाखा विस्तार भएको छ । यस्तै प्रदेश १ मा पनि शाखा विस्तारको काम सुरु भएको महासंघले जनाएको छ ।

 

१८ पुष २०७८, आईतवार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा