Play

अवैध लागु औषधसहित दुई जना पक्राउ

गुरुकुल खबर


पोखरा।  कास्की प्रहरीले पोखराका दुई छुट्टाछुटै स्थानबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -४ घर भइ हाल पोखरा महानगरपालिका वडा नं -१६ जैमुरीचोक बस्दै आएका ३२ वर्षीय अनिल खड्की र पोखरा -१७ ड्यामसाइड बस्ने ३५ वर्षीय दिपक भारतीलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । 

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर

 तिवारीका अनुसार प्रहरीले खड्कीको साथबाट नाइट्रोभ्याट ८०५ चक्की, डाईजापाम -२१ एम्पुल, फेनारगन – २० एम्पुल र नुर्फिन- २१ एम्पुल गरी जम्मा ६२ एम्पुल लागु औषध वरामद गरेको छ भने, भारतीको साथबाट डाईजापाम -१८ एम्पुल, फेनारगन -१८ एम्पुल र नुर्फिन -१८ एम्पुल गरि जम्मा ५४ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ र १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।

९ पुष २०७८, शुक्रबार १८:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा