Play

हेलिकोप्टरबाट डोजर ढुवानी, हिमालको काखमा सडक

गुरुकुल खबर


जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेको छ । आठबीसकोट–३ मा रहेको डोजरलाई हेलिकोप्टरबाट ढुवानी गरेर वडा नम्बर १ मा लगिएको हो । 

अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएको मेयर गोरखबहादुर केसीले जानकारी दिए । श्रमिक प्रयोग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।

आठबीसकोट–३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ । तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसो हुने गर्छ । वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।

९ पुष २०७८, शुक्रबार १५:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा