Play

चैतभित्र पूर्ण खोप पुर्‍याउने अभियान सफल बनाउनु सबैको कर्तव्य-सञ्चार मन्त्री कार्की

गुरुकुल खबर


काठमाडौं, पुस ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैत्रभित्र सबै जनतालाई कोरोनाविरुद्धको खोप दिने सरकारको अभियानलाई सघाउन अपिल गरेका छन् ।

कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रवक्ता कार्कीले चैतभित्र पूर्ण खोप पुर्‍याउने अभियान सफल बनाउनु सबैको कर्तव्य भएको बताउँदै प्रधानमन्त्रीको अठोटलाई पूरा गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे ।

प्रवक्ता कार्कीले भने, “प्रधानमन्त्रीले मुलुकको कार्यभार सम्हाल्दै गर्दा जनताको जीवन रक्षाका निमित्त खोप लगाउन बाँकी सबै नेपालीलाई चैतभित्र पूरा गर्ने अठोट गरेका थिए, त्यो प्रतिवद्धता विश्वासमा परिणत भएको छ, आज खोपको सन्त्रासबाट विस्तारै हाम्रो समाज उन्मुत्तितर्फ अगाडि बढेको छ, चैत्रभित्र सरकारले खोपसँगै आर्थिक व्यवस्था पनि गरेको छ, अब यसलाई सफल बनाउनु सबैको उत्तिकै भूमिका हुन्छ ।”

खोपका लागि बजेट पर्याप्त छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले खोप अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै नेपाली जनतालाई पूर्ण खोपको अवस्थामा पुर्‍याउने वित्तिकै मुलुकको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । मन्त्री शर्माले तोकिएको समयभन्दा पहिले नै पूर्ण खोपको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिँदै खोप र अन्य सामग्रीका लागि बजेटको कुनै समस्या नभएको जानकारी दिए ।

उनले जनशक्तिको अभाव भएमा त्यसका लागि पनि व्यवस्थापन गरिने बताउँदै अभियान सफल पार्न प्रदेश र स्थनीय तहलाई आग्रह गरे । अभियानलाई सफल बनाउन स्थानीय तहलाई विशेष ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ छ । अभियानका लागि हालसम्म रु ३३ अर्ब २४ करोड रु पाँच लाख खर्च भएको र अहिले अभियानका लागि रु ३३ अर्ब बराबरको कोष रहेको जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शैक्षिक संस्थाका शिक्षक र विद्यार्थीलगायत सबै जनतामा खोप पु¥याउने अभियानलाई अभियानकै रुपमा अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले नेपालमा ठूलो सङ्ख्याले खोप लगाए पनि कोरोनाबाट अझै मुक्त भइनसकेको बताउँदै सङ्क्रमणमुक्त हुनका लागि स्वास्थ्य सतर्कता अपनाउँदै मापदण्ड अपनाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सहरी क्षेत्रमा सन्तोषजनक खोप लगाइएको जानकारी दिँदै ग्रामीण क्षेत्रमा पनि उत्साहजनक रुपमा खोप अभियान अगाडि बढिरहेको जानकारी दिए ।

आगामी चैतसम्ममा लक्षित परिणाम हासिल गर्न तीव्र रुपमा काम गर्न समेत निर्देशन दिए । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पूर्ण खोप सुरक्षित जीवनको अभियान भएकाले त्यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीनै तहका सरकारले सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए /

काठमाडौं प्रेस

५ पुष २०७८, सोमबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा