Play

काँग्रेसको केन्द्रमा रसुवाबाट पहिलो पटक आचार्यको प्रतिनिधित्व

गुरुकुल खबर


नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा पहिलोपटक रसुवाको प्रतिनिधित्व भएको छ ।

सात दशक पहिले स्थापना भएको नेपालकै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा पहिलोपटक रसुवाका सांसद इञ्जिनीयर मोहन आचार्य निर्वाचित हुनुभएको हो ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सम्पन्न मतगणनामा सांसद आचार्यले १७५१ मत ल्याएर निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उहाँले उम्मेदवारी दिनुभएको थियो ।

काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहनुभएका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो ।

विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।

को हुन् काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य आचार्य ?

विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यको कोखबाट जन्मनुभएका सांसद आचार्य परिवारका कान्छा छोरा हुनुहुन्छ । विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गर्नुभएका सांसद आचार्य विस २०४६ सालको जनआन्दोलनमा काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमार्फत सक्रिय हुनुभएको थियो ।

भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गर्नुभएका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै काँग्रेस राजनीतिमा सक्रिय हुनुभयो ।

उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिनुभएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुनुभएको थियो । विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गर्नुभएका आचार्यले रसुवा काँग्रेसको संगठनलाई मजबुद बनाउनुभएको छ ।

उहाँले तत्कालिन निर्वाचनमा आफनो पार्टीबाट सहकार्य गरेर निर्वाचन लडेको नयाँ शक्ति पार्टीलाई समेत काँग्रेसमा प्रवेश गराएर रसुवाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

५ पुष २०७८, सोमबार २०:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा