Play

कांग्रेस १४ औं महाधिवेशनका लागि आचार संहिता जारी

गुरुकुल खबर


कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनका लागि आचारसंहिता जारी गरेको छ । महाधिवेशनबाट नेतृत्व चयन गर्न हुने चुनावमा भोट हाल्दा मोबाइल निषेध गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका संयोजक गोपालकृष्ण घिमिरेले बुधवार जारी गरेको आचारसंहितामा मतदान स्थलभित्र (भृकुटीमण्डप/राष्ट्रिय सभागृह) प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने उल्लेख छ ।
समितिले कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने, मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्नुपर्ने तथा कांग्रेसको महाधिवेशनस्थल वरपर ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि ब्यानर, भित्तेलेखन, पोस्टर, तुल, पम्प्लेट आदि राख्न नपाइने आचारसंहिता बनाएको छ ।
आचारसंहितामा विभिन्न ६ वटा बुँदा समेटिएका छन् । जसमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, राष्ट्रिय सभागृह/भृकुटीमपण्डप, प्रदर्शनी मार्ग महाधिवेशनसँग सम्बन्धित स्थल रहेकाले त्यस वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामाग्री टाँस्न र माइकिङ गर्न नपाइने प्रावधान राखिएको छ ।
उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सकिने र कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न नपाइने आचारसंहिता बनाइएको छ ।

२२ मंसिर २०७८, बुधबार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा