Play

संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न बैठक

गुरुकुल खबर


शुक्रवार शुरू हुने पार्टीको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा नेता प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य सहितको बृहत् बैठक जारी छ ।

मंगलबार दिउँसो प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार विहान अनुपम फूडल्यान्डमा संस्थापनइतर समूहका जिल्ला सभापति र पूर्व जिल्ला सभापति सहितको छलफल आयोजना गरिएको थियो । छलफल निष्कर्षविहीन भएपछि दिउँसो सिंहको घरमा केन्द्रीय सदस्य सहितको बैठक शुरू भएको हो ।

मंगलवारको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धाबाट आफू पछि हट्ने संकेत गरेका थिए

सभापतिका लागि मुख्य आकांक्षी डा. शेखर कोइराला र प्रकाशमान सिंहले दावी नछाडेपछि साझा उम्मेदवार तय हुन सकेको छैन । वरिष्ठ नेता पौडेलले मंगलवारको बैठकमा शेखर र प्रकाशमानबीच सहमति भए आफूले सभापतिको उम्मेदवारीमा दाबी नगर्ने बताएका थिए ।

बुधवारको बैठकमा सभापतिसहित पदाधिकारीको पनि प्यानल बनाउने विषयमा समेत छलफल भइरहेको चाक्सीबारी स्रोतले बताएको छ ।

संस्थापनइतर पक्षबाट सभापतिमा एकभन्दा बढी उम्मेदवार बने पनि पदाधिकारी र केन्द्रीय समितिको लिस्ट भने साझा बनाउने सहमति नेताहरूले यसअघि नै गरेका थिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ । नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते मनोनयन गर्ने कार्यक्रम छ ।

संस्थापन पक्षबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिको दाबेदार छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् तर संस्थापन पक्षले पनि पदाधिकारी उम्मेदवार तयार गर्न सकेको छैन ।

२२ मंसिर २०७८, बुधबार १९:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा