Play

पोखरा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम जारी

गुरुकुल खबर


पोखरा महिला जेसीजले हरेक वर्ष संचालन गर्दै आएको जेसीज सप्ताह कार्यक्रम यस वर्ष पनि जारी छ । कोभिड महामारीका बिच पनि महिला जेसीजका सदस्यहरुले संस्थागत एवं व्यक्तिगत पहलमा साधन स्रोत जुटाएर भएपनि विभिन्न कार्यक्रम हरु संचालन गरिरहेका छन । यस वर्ष अर्थात २०२१ को जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भदौ ४ देखी १० गते सम्म संस्थाका सदस्यहरुको व्यक्तित्व विकासका अलावा विधालय स्तरमा बक्तृत्व कला , पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको संचालित अस्पतालमा केही सामाग्री हस्तान्तरण , युवा र महिला व्यवसायीहरुको लागि तालीम , गरिव र असहायहरुलाई खाधान्न लगायतका सामाग्री वितरण , मन्टेश्वरी तहमा चित्रकला र धार्मिक स्थलमा पनि आवश्यक सामाग्री वितरण गर्ने गरि कार्यक्रम हरु तय गरिएको छ ।
पोखरा लेडी जेसीजका वर्ष २०२१ का अध्यक्ष कमला शर्माका अनुसार विगतका वर्षहरुमा जस्तो ठुलो संख्यामा मानिसहरुको उपस्थितिमा कार्यक्रम नभएपनि संस्थाका सिमित सदस्य र सरोकारवालाहरुको उपस्थितिमा मानविय सेवाका कार्यक्रमहरु गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक लक्ष्मी कुंवर ( लता ) ले ‘राष्ट्र निर्माणको आधार, महिला तथा बालबालिकाको बिकास ‘ भन्ने नाराका साथ समसामयिक अवस्थालाई लक्षित गरि कार्यक्रम गर्ने गरिएको बताईन ।
यस वर्षको सप्ताह व्यापी कार्यक्रमको तेश्रो दिन आईतबार पश्चिमान्चल क्षेत्रीय अस्पतालमा बिरामी कुरुवाहरुको सहजताको लागि कुर्सी र अन्य केही सामाग्री वितरण गरिएको हो । पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत बहादुर खत्रीलाई पोखरा महिला जेसीजका अध्यक्ष कमला शर्मा , सचिव सुमित्रा कोईराला , सप्ताह व्यापी कार्यक्रमका मूल संयोजक लता कुँवर र कार्यक्रम संयोजक विनिता सुवेदी लगायतले कुर्सी र अन्य सामाग्री हस्तान्तरण गरेका थिए ।
नेपाल स्वास्थकर्मी संघका गण्डकी प्रदेश अध्यक्ष नारायण बराल , नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकाल लगायत अतिथीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । पोखरा लेडी जेसीजका पुर्व अध्यक्ष हरु गिता सिग्देल , सन्तु पौडेल र सपना गिरी समेतले आतिथ्यता गरेको उक्त कार्यक्रममा पोखरा लेडि जेसिज बर्ष-२०१० का अध्यक्ष गिता सिग्देल,  मुल संयोजक तथा पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष लता कुँवर, कार्यक्रम संयोजक बिनिता सुबेदी लगायतले आआफ्नो भनाई राखेको कार्यक्रममा फुलमाया अधिकारी(सृष्टि )ले आस्थापाठ र पोखरा लेडि जेसिजका सचिव सुमित्रा कोइरालाले कार्यक्रम संचालन गरेकी थिईन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जेसीजको मुख्य उद्देश्य व्यक्तित्व र नेतृत्व विकास भएपनि मानविय सहयोग र सेवालाई पनि आंफ्नो कार्यक्षेत्रमा समेटेको भन्दै पटक पटक आउने महामारी र दैवी विपत्तीहरुमा जेसीज लगायतका संस्थाको भुमिका महत्वपूर्ण हुने कुरामा जोड़ दिए।
यसैगरि जेसीज सप्ताहको दोश्रो दिन शनिवार आयोजित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कास्की जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । कार्यक्रम संयोजक सम्झना बस्नेतको संयोजनमा पश्चिमाञ्चल वोर्डिङ स्कुल प्राङ्गणमा आयोजित प्रतियोगितामा अमरसिंह माविकी अपेक्षा अधिकारी प्रथम भएकी छन् । प्रतियोगितामा रत्नज्योति आवासीय माविकी स्नेहा राणा द्वितीय, शिशु निकेतन बोर्डिङ स्कुलकी प्रसंशा बराल तृतीय र सृजना माविका सुमन काफ्लेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
जेसीज सप्ताह कार्यक्रमको पहिलो दिन समुदघाटन तथा प्रभावकारी भाषण कला तालिम कार्यक्रम गरिएको थियो ।पोखरा लेडी जेसिज बर्ष- २०२१ का अध्यक्ष कमला शर्मा कडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए । पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष रबिन्द्र वहादुर प्रजु, पोखरा लेडी जेसीजका पुर्ब अध्यक्ष सपना गिरी , सन्तु पौडेल, पोखरा जेसिजका निवर्तमान अध्यक्ष शिव सापकोटा , पोखरा महानगर वडा न.३ का सचिब चन्द्रवति वाग्ले, वडा न.३ का वडा सदस्य लक्ष्मी पराजुलि, संविधान सभाका सदस्य कृष्ण कुमारी परियार, जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष लक्ष्मी कुवर लगायतले आआफ्नो भनाई राखेका थिए ।कार्यक्रममा जेसिज आस्था पाठ सरु पनेरुले स्वागत कार्यक्रम सयोजक प्रमिला सुवेदीले गरेकी थिईन ।
जेसिज सप्ताहको चौथो दिन ‘सकारात्मक सोंच तथा जीवन परिवर्तन’ तालिम हुने भएको छ । जाल्पा आमा समूहको सहकार्यमा युवा तथा महिला व्यवसायीलाई लक्षित गरेर हुने सो कार्यक्रमको संयोजन गीता ढुंगानाले गर्नेछिन् ।
जेसिज सप्ताहको पाचौं दिन गरीव तथा असहायः वर्गलाई खाद्यान्न तथा उनीहरुलाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिने भएको छ ।शुभद्रा बरालको संयोजनमा हुने कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित आधारभुत विद्यालयमा हुनेछ ।
जेसिज सप्ताहको छैटौं दिन पोखरा लेडी जेसिजले मन्टेश्वरी बालबालिका लक्षित गरेर मन्टेश्वरी चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । रिना पौडेलको संयोजन र हिमालयन रिडर्स कर्नर न्यूरोडको सहकार्यमा हुने सो कार्यक्रम हिमालयन रिडर्स कर्नर न्यूरोडमै हुने बताईन्छ ।
जेसिज सप्ताहको सातौं तथा अन्तिम दिन पोखरा लेडी जेसिजले मठ,मन्दिरमा आवश्यक सामग्री वितरण गर्दै सप्ताहको समापन गर्ने भएको छ । लिलावती पनेरु (सरु)को संयोजनमा हुने सो कार्यक्रम मादी गाउँपालिका वडा नम्बर ५ स्थित मादीबेसी, भद्रकाली मन्दिरमा हुने भएको छ ।

६ भाद्र २०७८, आईतवार २२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा