Play

गण्डकीमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै

गुरुकुल खबर


पोखरा १० साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन उकालो लाग्दैछ । लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या उकालो लागेको हो ।

आइतबार मात्रै गण्डकीका ४सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२८ जनामा गरिएको नमुना परीक्षणमा ४ सय ४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २७५ जनामा गरिएको नमुना परीक्षणमा २०० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका १४ जना, गोरखाका २६ जना, लमजुङका १९ जना, नवलपुरका ११ जना र स्याङ्गजाका ६७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका आठ जना, बागलुङका १०० जना र म्याग्दी जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आइतबार थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६४ हजार ३ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६० हजार २६० पुगेको छ।

आइतबार पनि गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीका दुई जना, बाग्लुङ्गका एक जना र गोरखा जिल्लाका एक जना छन्। अहिलेसम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५४ पुगेको निर्देशनालयले जनाएको छ ।

१० श्रावण २०७८, आईतवार २०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा