Play

निषेधाज्ञा साउन ५ गतेसम्म लम्बियो,

गुरुकुल खबर


पोखरा असार २५ । कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । असार २५ गते राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञ थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै निषेधाज्ञाको अवधि साउन ५ गतेसम्म थप गरेको हो ।

वैशाख १५ गतेदेखि जारी भएको निषेधाज्ञ आदेश पटक पटक समय थप गर्दै साउन ५ गतेसम्म पुर्याइएको हो । अधिल्लो निषेधाज्ञ भन्दा केही फरक एवम् विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरेको कास्की प्रशासनले जनाएको छ । 

निषेधाज्ञामा कास्की जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साधनहरु गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चल्नेछन ।अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्रीका पसल, तरकारी, पानी, फलफूल आदि बिहान ५ बजे देखि साँझ ८  बजेसम्म संचालन गर्न पाइनेछ । औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । साना निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ । सार्वजनिक सवारीसाधन संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पुरा गरेर संचालन गर्न प्रशाशनले भनेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।

सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भएर संचालन नगरी अनलाइन रुपमा संचालन गर्न सकिने भएकाे छ । विवाह, ब्रतबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा संचालन गर्न नपाइने भएको छ । पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १५ जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । आफू नै प्रत्यक्ष संलग्न भइ गर्नुपर्ने मृत्यु संस्कारबाहेकका अन्य गतिविधिमा संलग्न नहुन पनि प्रशासनले रोक लगाइएको छ ।

अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म संचालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ । त्यसैगरी फलफूल तथा तरकारीको थोक विक्रेताले विक्रिवितरण गर्न पाइने छैन ।

ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यलय संचालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्वन गरी वर्क फ्रम होम पद्धतिबाट लागु गर्न प्रशासनले आग्रह गरेको छ ।

२५ असार २०७८, शुक्रबार ०८:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा