Play

भ्याक्सिन विना व्यवसाय संचालन नगर्ने-अध्यक्ष भट्टराई

गुरुकुल खबर


पोखरा असार २४ । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन ब्यबसायी तथा आबद्ध मजदुर कर्मचारीहरुलाई कोभिड भ्याक्सिन विना ब्यवसाय चलाउन बाध्य नहुने बताएका छन् । 

परिषदले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले पर्यटकीय शहर पोखराका पर्यटन ब्यबसायीहरुले कोभिड भ्याक्सिन विना ब्यवसाय चलाउन बाध्य नहुने बताएका हुन् ।”पोखराका पर्यटन ब्यबसायीहरुले कोभिड भ्याक्सिन विना ब्यवसाय चलाउन बाध्य हुने छैनौ” अध्यक्ष भट्टराईले भने । अध्यक्ष भट्टराईले पर्यटन ब्यबसायी तथा मजदुर कर्मचारीहरुलाई अग्रपंक्तिको रूपमा लिन र कोभिड विरुद्धको खोपमा प्राथमिकतामा पार्नुपर्ने माग समेत गरे। 

परिषदको अगुवाइमा पोखरामा क्रियाशिल सम्पुर्ण पर्यटन संम्बद्द संस्थाहरुको तर्फबाट सम्बन्धित निकायमा ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाएको भए पनि कुनै सुनुवाई नभएको गुनासो गर्दै अध्यक्ष भट्टराईले विभिन्न ५ बुदे माग अघि सारेको जानकारी समेत दिए । 

पांच बुदे माग अन्तरगत नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) अबधिको कुनैपनी कर, बैंकको ब्याज, नविकरण शुल्क, घरभाडा, यातायात कर पुर्ण रूपमा मिनाहा गराउने, सरकारले ल्याएको मौद्रिक निति राम्रो भएतापनि कार्यान्वयन पक्ष फितलो भएको कारण तत्कालै सुधार गर्नुपर्ने रहेका छन् । 

यसैगरी व्यवसाय जीवन रक्षा कोषको रकम सहज र सरल रूपमा उपलब्ध हुनुपर्ने, बैंकमा तिर्नुपर्ने कर्जाको किस्ताको पुनर्तालिकिकरण तथा ब्याजमा छुट र सहुलियत हुनुपर्ने, ब्यबसायलाई नै धितोको रुपमा मुल्यांकन हुनुपर्ने, कम्पनीले सिफारिस गरेका मजदुर कर्मचारीले बैंकबाट कम्तीमा १ लाख देखि ५ लाखसम्मको ऋण पाउनुपर्ने लगायतका मागहरू सहित पोखराका पर्यटन व्यावसायीहरु आन्दोलित बनेका हुन् ।

यसैबीच पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोमनारायण  श्रेष्ठले गुरुकुल खबरसंग बोल्दै परिषदको अगुवाईमा शान्तिपूर्ण जुलुस सहित कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री, राष्ट्रबैंक गण्डकी प्रदेशका कार्यालय प्रमुख, पोखरा महानगरपालिकाका मेयरलाई ज्ञापन पत्र तथा ध्यानाकर्षणपत्र बुझाई सकिएको जानकारी दिए ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमलाई कहि कतैबाट पनि ठोस सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने  श्रेष्ठले चेतावानी समेत दिए 

२४ असार २०७८, बिहीबार १९:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा