Play

फुस्रेखोलाले बगाएर स्याङ्जाका एक युवकको मृत्यु

गुरुकुल खबर


पोखरा असार १५ । पोखराको फुस्रेखोलाले बगाएर स्याङ्जाका एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ काउछेघारीस्थित फुस्रेखोला माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाका २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार मृतक स्याङ्जा जिल्ला बिरुवा गाँउपालिका ७ डिही घर भइ हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए ।

उनलाई आज बिहान सवा १० बजे माछा मार्ने क्रममा फुस्रे खोलाले ५ सय मिटर जति बगाएर वीच भागमा अड्काएको थियो । घटना पश्चात वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको ११ जनाको टोलीले सशस्त्र प्रहरीको रेश्क्यु टोलीको सहयोगमा मृत अवस्थामा खोलाबाट बाहिर निकालेको हो ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर सार्कीको कमाण्डमा  खटिएको ८ जनाको टोलीले मृतक गुरुङको शव दिउसो सवा १२ बजे खोलाबाट बाहिर निकाले हो ।

शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको छ ।

१५ असार २०७८, मंगलवार २०:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा