Play

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान धुजा धुजा बनाए : देउवा

गुरुकुल खबर


काठमाण्डौ असार १४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको आरोप लगाएकाछन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सो आरोप लगाएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको पनि बताए । उनले भने “राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न सकेन्न् ।” 

‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो । यसले राष्ट्रपतिको गरिमा रहेन’ देउवाको भनाइ छ ।।

१४ असार २०७८, सोमबार १९:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा