Play

पोउवा संघका कार्यसमिति सदस्य एवं मदिरा व्यवसायी भुजेलको निधन

गुरुकुल खबर


पोखरा ।  पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य  रुपनारायण भुजेलको निधन भएको छ । भुजेल केही दिन अघि कोरोना संक्रमित भएका थिए । उनको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारकै क्रममा आज दिउसो निधन भएको हो ।
भुजेल मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष समेत हुन् । उनी लायन्स लगायतका संघसंस्थामा पनि आवद्ध

थिए। भुजेलका श्रीमती र दुई छोरा छन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भुजेलको निधनबाट आफू निकै स्तव्ध र मर्माहत भएको भन्दै दुःख व्यक्त एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यसै बिच पोखरा उधोग बाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छेले एक शोक विज्ञप्ति जारी गर्दै भूजेलको निधनबाट एक व्यवसायी वा पोखरा उधोग बाणिज्य संघको सदस्य मात्र नभएर सामाजिक काममा अग्रणी भूमिका खेल्ने योग्य र क्रियाशील व्यक्तित्व गुमाएको महशुस भएको जनाएका छन । शोक विज्ञप्तिमा भूजेलको निधनले संघमा अपुरणीय क्षति पुगेको र उनको अभाव संघमा खड्किरहने उल्लेख छ ।
यता,
भूजेल आंफु कोरोनाबाट संक्रमित भएपछि सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटस यस्तो छ “ कोबिडको चरम लडाईमा भएको कारण फोन उठाउन नसकेकोमा क्षमा चाहन्नछौ, सम्पूर्ण देस विदेश र स्वदेशमा I आसिर्बाद,उर्जा, साहस सद्भाव र हौसलाले हामि छिटै नै कोरोनालाई परास्त गरि फ़र्कनेछौ ! आभारी छौ !  “

७ जेष्ठ २०७८, शुक्रबार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा