Play

पोखरा महानगरको कार्यालय माटेपानीमा सर्दै

गुरुकुल खबर


जेठ ४ पोखरा । पोखरा महानगरपालिकाको मुख्य कार्यालयको नयां भवन माटेपानीमा निर्माण गरिने भएको छ । नयां भवनको यहि जेठ १४ गते शिलान्यास गरिने महानगरले जनाएको छ । पोखराको माटेपानीमा रहेको पशु कार्यालयको जग्गामा बनाउने गरी शिलान्यासको तयारी भैरहेको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो। ‘जेठ १४ गते भवनको शिलान्यास गर्ने हो’उहाँले भन्नुभयो ।

रोपनी जग्गामा तीन वटा भवन बनाइने छ । वीचमा महानगर प्रमुख र उपप्रमुखको कार्यालय र दायाँ र बायाँ अन्य कार्यालय भवन बनाइने छ । महानगरका लागि यो बाहेक अरु उपयूक्त जग्गा देखिएन महानगर प्रमुख जिसीले भने,‘महानगरको मुख्य कार्यालय यहाँ बन्ने छ । केही शाखाहरु न्यूरोडस्थित पुरानो दमकल कार्यालय हाल शहरी स्वास्थ्य सहरी केन्द्र रहेको स्थानमा रहने छ ।’ मुख्य कार्यालय रहने माटेपानीमा अन्डर ग्राउण्ड पार्किङ सहितको भवन बनाउने योजना सहित शिलान्यास गरिने भएको छ ।

यसअघि पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा वडा नम्बर १ की वडाध्यक्ष शारदा पराजुली र वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला सदस्य रहेको समितिले गरेको अध्ययनमा पशु सेवा कार्यालयको जग्गा, नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र वा नयाँबजारस्थित प्रदर्शनी केन्द्र मध्ये कुनै एक ठाउँमा भवन बनाउन सुझाएको थियो । सोहि समितिले दिएको प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त पशु सेवा कार्यालयको जग्गा भएको निश्कर्षसहित त्यसैमा महानगरको कार्यालय बनाउने निर्णय भएको थियो ।

 पोखरा महागनरपालिकाको पहिलो कार्यापालिका बैठकले नयाँ भवन बनाउने निर्णय गरेको थियो । २०७४ साल बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बसेको कार्यपालिका बैठकले अहिले भैरहेको कार्यालय साँधुरो भएको भन्दै नयाँ भवन बनाउने निर्णय गर्यो ।  भवनका लागि जग्गा खोजी गर्ने निर्णय समेत भयो । पोखरा महानगरपालिकाको कार्यालय वडा नम्बर १२ स्थित पशु सेवा कार्यालय रहेको ठाउँमा सार्ने निर्णय समेत भयो । पशु सेवा कार्यालयको ९९ रोपनी क्षेत्रफल रहेको सो जग्गामा महानगरको कार्यालय बनाउने निर्णय कार्यापालिका निर्णय भयो । ९९ रोपनीको जग्गा पछिल्लो समय २२ रोपनी पाउने पक्का भएपछि शिलन्यासको तयारी गरिएको हो । 

४ जेष्ठ २०७८, मंगलवार ०८:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा