Play

ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर

गुरुकुल खबर


ललितपुर ः ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने भएको छ ।
उक्त भवनमा होल्डिङ सेन्टर राख्नको लागि आइतरबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ज्यापू समाजका अध्यक्ष तथा पूर्व सभासद् चन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ज्यापू समाजको वृद्धाश्रमको क्षमता एक सय १० सिटको भएपनि हाललाई २६ बेड प्रयोग गरिनेछ । भर्खरै निर्माण सकिएको उक्त वृद्धाश्रम महानगरको वडा नं ४ स्थित बागडोलमा छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ज्यापु समाजसँग महानगरपालिकाले अन्य धेरै क्षेत्रमा सहकार्य गर्दै आएको बताए । उनले भने, ‘समाजले होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्न प्रस्ताव गरेपछि प्रक्रिया अगाडि बढाएका हौं । ’ महानगरले संचालन गरेका क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थित भएको उनले दाबी गरे । ललितपुर महानगरपालिकाले यसअघि लगनखेलस्थित स्टाफ कलेजमा महानगरले होल्डिङ सेन्टर सुरु गरिसकेको छ ।
ललितपुर महानगरपालिकाले एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा वैशाख २२ गतेबाट क्वारेन्टिन सुरु गरेको थियो । यो क्वारेन्टिनमा हाल नौ जना छन् । एन्फा क्वारेन्टिनमा अहिले बसिरहेकाहरु सबै विदेशबाट फर्किएका हुन् । हालसम्म यो क्वारेन्टिनबाट एक सय ६५ जनाले सेवा लिएका छन् ।
त्यसैले ललितपुर महानगरपालिकाले सुनाकोठीस्थित महिलाका लागि मात्रै क्वारेन्टिन संचालन गरेको छ ।
नेपाल युथ फाउण्डेसनको सहयोगमा ललितपुर महानगरपालिकाको वडा नं २६ स्थित पोषण पुनस्र्थापना गृहको दुई वटा भवनमा महिलाका लागि क्वारेन्टिन व्यवस्था गरिएको छ । यो क्वारेन्टिनबाट अहिले ९ जना महिला छन् । यो क्वारेन्टिनको क्षमता २७ बेडको रहेको छ । यो क्वारेन्टिन विदेशबाट आएका महिला र उहाँहरुको साथमा रहेका बालबालिकाको लागि हो । यसैगरी, यो क्वारेन्टिनमा बसेका महिलालाई आवश्यक पर्दा मनोसामाजिक परामर्शदाताको समेत व्यवस्था गरिएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको सुरक्षालाई ध्यान दिएर छुट्टै क्वारेन्टिन व्यवस्था गरेको बताए । उनले भने, ‘ महिला र पुरुष समान हुनुहुन्छ, तर पनि उहाँहरुको संवेदनशीलता विषय छ, त्यसैले छुट्ट् क्वारेन्टिन व्यवस्था गरेका हौं ।’
क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक दिनेश कार्कीले महानगरले संचालन गरेको क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थित र सफा भएको बताए । त्यहाँ बस्नेहरुलाई आवश्यक कुराको कमि हुन नदिएको बताए ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका उपप्रमुख गीता सत्याल र प्रवक्ता राजु महर्जनको समेत उपस्थिति थियो । प्रवक्ता महर्जनले कोभिडमा महानगरपालिकाले गरेका कामको बारेमा छोटकारीमा जानकारी गराएका थिए ।

१४ असार २०७७, आईतवार १८:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा