Play

ललितपुर महानगर – महिलालाई छुट्टै क्वारेन्टिन

गुरुकुल खबर


गुरुकुल खबर

ललितपुर ः ललितपुर महानगरपालिकाले विदेशबाट आएका महिलाहरुको लागि छुट्टै क्वारेन्टिन संचालन गरेको छ । महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको नेपाल युथ फाउण्डेसन अन्तर्गत रहेका पोषण पुनस्र्थापना गृहको दुई वटा भवनमा क्वारेन्टिन संचालन गरिएको हो । यी गृहमा कुपोषणले ग्रसित महिला र बालबालिका बसेका थिए । लकडाउन सुरु भएपछि उनीहरु केही घर गए भने केहीलाई अन्यत्रै सारिएको फाउन्डेसनले जनाएको छ ।

क्वारेन्टिन संचालनका लागि महानगरका प्रमुख चिरीबाबु महर्जन र फाउण्डेसनका प्रमुख सोम पनेरुले क्वारेन्टिन संचालन र व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुको सुरक्षालाई ध्यान दिएर छुटटैै क्वारेन्टि संचालन गरेको बताए । उक्त क्वारेन्टिन हाललाई २४ शैय्याको छ । आवश्यकता अनुसार ठाउँ बढाउने महानगरले जनाएको छ ।

नेपाल युथ फाउण्डेसनका प्रमुख सोम पनेरुले मुलुकलाई संकट परेको बेला आफ्नो संस्थाको भवन प्रयोग गर्न पाउँदा खुशी लागेको बताए । महानगरले सहकार्यको प्रस्तावलाई स्वीकार गरेकोमा पनेरुले  धन्यवाद दिए । पनेरुले आवश्यक पर्दा क्वारेन्टिनमा बस्ने महिलालाई मनोसामाजिक परामर्श दिइने बताए । उनले भने,‘ विभिन्न खालको ट्रमामा हुन सक्नुहुन्छ त्यसैले परामर्शको आवश्यकता पर्न सक्छ । ’

ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले लकडाउन खुकुलो भएसँगै चिन्ता थपिएको बताए । उनले विदेश गएका नेपालीहरु नेपाल फर्कर्ने क्रम बढेसँगै व्यवस्थापन महत्वपूर्ण भएको बताए । त्यसका लागि वडा पिच्छे होल्डिङ सेन्टर खोल्ने तयारी भएको बताए ।

महानगरले यसअघि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा क्वारेन्टिन संचालन गरिसकेको छ । त्यसैगरी जावलाखेलस्थित स्टाफ कलेजमा पनि क्वारेन्टिन संचालन गर्ने तयारी भइरहेको महानगरको ¥यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् ।

६ असार २०७७, शनिबार १२:०० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा