तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा प्रवेशका मुख्य नाकाहरुमा आकर्षक बगैचा निर्माण गर्ने गठबन्धनका उम्मेदवारको उद्धघोष

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २६ मा प्रकाशित
in समाचार, Breaking News, गण्डकी प्रदेश, राजनीति
पोखरा प्रवेशका मुख्य नाकाहरुमा आकर्षक बगैचा निर्माण गर्ने गठबन्धनका उम्मेदवारको उद्धघोष
30
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

,पोखरा,  पोखरा महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवार बनेका मेयरका प्रत्यासी धनराज आचार्य र उपमेयरका प्रत्यासी कोपिला रानाभाटलाई जिताउन नेताहरु पोखरा आउने क्रम जारी छ ।

यस्तैमा सोमबार मात्र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) पोखरा आए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदाता समक्ष अपिल समेत गरेका छन् । बैसाख ३० गतेको निर्वाचनमा गठबन्धनले पराजय भोग्नु परे मुलुक ठूलो दुर्घटनामा जाने अभिव्यक्ति उनको थियो ।

पोखरा २६ लेखनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले पोखरा समृद्ध बनाउन गठबन्धनको आवश्यकता परेको बताए । संविधान र संघीयताको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भनाई उनको थियो ।

केपी ओलीको हैकमवाद र अहंकारले संविधान, संघियता र गणतन्त्र धरापमा परेपछि त्यसको रक्षाका लागि आफुहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्दै सयुक्त गठबन्धनमा जाने निर्णयमा पुगेको उनले स्मरण गराए। संविधानलाई सिध्याउने खेलमा लागेको ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्नको लागि जिवन मरणको लडाईमा होमिन उनले गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

आफ्नै हातले संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएको स्मरण गराउँदै नेता श्रेष्ठले वैशाख ३० गतेको निर्वाचनमा कलम चिन्हमा मतदान गर्न नहिचकिचाउन आग्रह समेत गरे । त्यसबेला देउवाको नेतृत्वमा गठबन्धन नगरिएको भए अहिलेसम्म केपि ओलीले संविधान र संघियता समाप्त गरिसकेका हुने उनले बताए ।

नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री समेत रहेका किसानले नेपाली युवाहरुको श्रम सुरक्षाका लागि आफु निरन्तर खटिरहेको बताउदै अव स्वदेश मै रोजगारीका अवसरहरु सृजना गरिने विश्वास समेत दिलाए । विदेशमा रहेका नेपाली युवाहरुको अवस्था प्रति आफु निकै चिन्तित रहेको उनले बताएका छन् ।

धनराज आचार्य र कोपिला रानाभाटले पोखरा २६ को विकासका लागि आफुहरु प्रतिबद्ध रहेको बताए । “पोखरा २६ मा विकास गर्नुपर्ने आवश्यकतालाई हामीले औंल्याएका छौं । स्थानीय नागरिकहरुको समस्यालाई सम्बोधन हुने गरी हाम्रा कामकारबाही अगाडि बढ्नेछन् । हामी पाँच वर्ष फूल ड्युटी नभई ड्युटी फूल मान्यताका आधारमा महानगर हाक्छौं । हामीलाई तपाईको सहयोगको आशा छ ।”, उनीहरुले भने ।

यस्तै, पोखरा ३२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार आचार्यले पोखरा प्रवेशका मुख्य नाकाहरुमा आकर्षक बगैचाहरु निर्माण गर्ने उद्धघोष गरेका छन् । उनले ६ महिना भित्र तनहुँ, स्याङ्जा र बाग्लुङ तर्फबाट पोखरा प्रवेश गर्ने मुख्य नाकाहरुमा पोखरा प्रतिबिम्बित हुने गरि आकर्षक बगैचाहरु निर्माणको प्रक्रिया सुरु गरिने बताए ।

उनले भने, ‘पर्यटकिय शहर पोखराको पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनाहरु बनाईने छ । प्रर्याप्त स्थानमा पदमार्गहरु निर्माण गर्ने, ऐतिहासिक र पुरातात्विक क्षेत्रको पहिचान र प्रबद्र्धन गर्ने, आवश्यक पर्यटन पुर्वाधारको निर्माण गर्ने र भ्युटावर तथा दृश्यावलोकन स्थलहरुको व्यवस्थापन गरिनेछ ।’

उमेदवार आचार्यले सार्वजनिक शिक्षाको विषयमा सरोकारवालाहरुसंग आवश्यक छलफल गरि जवाफदेही र गुणस्तरिय बनाउने बताए । शिक्षाको स्तर सुधार नभएसम्म सभ्य समाजको निर्माण गर्न नसकिने भन्दै सार्वजनिक शिक्षामा देखिएका समस्याहरुको निराकरण गर्ने भनाई उनको थियो ।

स्वास्थ्यलाई जनता केन्द्रित कार्यक्रममा रुपमा अगाडी बढाउने र कृषिलाई आयात विस्थापन गर्ने गरि आत्मनिर्भर र उत्पादनमुलुक बनाउने योजनाका साथ चुनावी मैदानमा होमिएका छन् आचार्य । उनले महानगरको शिर र तिरमा विकासका सुचाङ्क पुग्न नसकेको बताए । महानगरलाई चाहिने सबै पूर्वाधार तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलो मिति मै म भन्दा माथी उठेर हामी भन्ने भावनामा साथ काम कार्वाहीहरु सुरु गर्ने बचन दिए ।

कांग्रेसका बागी उम्मेदवार बिमल कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन झन बलियो भएको दाबी गरे । पोखरा महानगरपालिकामा गठबन्धनको जित सुनिश्चित भएको उनले बताएका छन् ।

उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले आफु कमाउनका लागि नभई सेवाका लागि महानगरमा जाने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्,“म कुनै कमाउन होइन राजनीतिमा बटुलेका अनुभव साट्नका लागि उपमेयरको रुपमा प्रस्तुत भएकी छु । वडा ३२ मा विकासको लहर ल्याउने गठबन्धन सरकारले नै हो । एमालेको सरकारको जस्तो गफ गर्न हामीले जानेका छैनौं । हामी काम प्रति विश्वास गर्छौं ।”वडाको घोषणापत्र र नगरपालिकाले बनाएको घोषणापत्र साथमा साथ हातमा हात राखेर विकास गर्ने भनाई उनको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्की, एकिकृत समाजवादी कास्की, नेकपा माओवादी केन्द्र कास्कीका नेताहरुको समेत उपस्थिति थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.