तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २७ देखि पोखरामा

पत्रकार र पत्रकारिताको एजेण्डाले महाधिवेशनमा प्राथमिकता पाओस - पराजुली

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन २२ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश
प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २७ देखि पोखरामा
66
SHARES
264
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रेस चौतारी नेपालको पोखरामा यही फागुन २७ देखि हुने नवौं राष्ट्रिय महाधिवेशन सफल पार्न यहाँका सम्पूर्ण पत्रकार सम्वद्ध संघसंगठनले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । देशभरका पत्रकार आफ्नो ठाउँमा भेला हुँदा सक्दो साथसहयोग गर्न तत्पर रहेको भन्दै उनीहरुले विचार र वाद भन्दा पेशागत कर्म र एजेण्डा माथि हुने बताए ।

महाधिवेशनको सन्दर्भमा प्रचार प्रसार उपसमितिले कास्कीमा क्रियाशील पत्रकार सम्बद्ध संगठसंगठनका नेतृत्व र पत्रकार अगुवाबीच गरेको अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुको एक स्वर थियो – ‘देशभरका पत्रकारमाझ एकता र सहकार्यको उदाहरणीय सन्देश प्रवाह गर्न राम्रो अवसर मिलेको छ । प्रेस चौतारीको राष्ट्रिय महाधिवेशन प्रेस चौतारी आबद्ध पत्रकारको मात्र होइन, यहाँका सबै पत्रकारहरको आफ्नै कार्यक्रम हो । पोखरा आउने पत्रकारले हाम्रो एकता र सहकार्य महसुस गरेर फर्किउन् ।’

प्रेस चौतारी नेपालका अग्रज नेता एवं कास्की शाखाका संस्थापक अध्यक्ष पुण्य पौडेलले यो महाधिवेशनमा सबै पत्रकारको संलग्नता रहेमा सबैलाई गज्जबको उदाहरण मिल्ने बताए । उनले जुनै दलको विचार मानेपनि पत्रकारहरुको साझा मुद्धा एकै भएको बताए ।

नेपाल प्रेस यूनियनका अग्रज नेता गंगाधर पराजुलीले पत्रकारको एजेण्डा नै महाधिवेशनको प्राथमिकतामा पर्नुपर्ने बताए । उनले प्रेस चौतारीको राष्ट्रिय महाधिवेशन पोखरामा हुुँदा यसलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नुपर्ने दायित्व सबै पत्रकारको रहेको उल्लेख गरे । श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्षसमेत रहेका पराजुलीले मिडिया र पत्रकारलाई जोगाउँदै, बचाउँदै अब कसरी अघि बढ्ने भन्ने सवालमा महाधिवेशनले मार्गनिर्देश गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रेस सेन्टर नेपालका केन्द्रीय नेता माधव पनेरुले हिजो सँगै रहेर पत्रकारिताका मुद्धा र विषयलाई अघि बढाइरहँदा आज परिस्थितिले अलग अलग बाटो हिँड्न बाध्य पारेपनि पत्रकारका हक हित र अधिकारका आन्दोलनमा सधैं प्रेस चौतारीसँगै उभिने बताए । उनले महाधिवेशन नेतृत्व चयनमा सीमित नरही पत्रकारका एजेण्डा केन्द्रित होस् भनी शुभकामना व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले पत्रकारहरुको मुलुककै नेतृत्वदायी संगठन प्रेस चौतारीले आफ्नो महाधिवेशनमा पत्रकारको पेशागत, सामाजिक तथा भौतिक सुरक्षाका सवालमा ठोस योजना र रणनीति सम्बन्धमा छलफल होस् भन्ने सुझाव दिइन् । अहिले दलिय पक्षधरतासँगै व्यक्ति विशेष पक्षधरतासमेत मौलाएको र मानहानी गर्ने हर्कत बढेको भन्दै पत्रकारहरुले आचारसंहिता पालना गर्ने गराउने सवालमा चौतारीका सदस्यहरु प्रतिबद्ध बनोस् भन्ने कामना गरिन् ।

प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष एवं अग्रज पत्रकार रमेश पौडेलले सबै एक भएर महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले कुनै एक संगठनको कार्यक्रम भन्दैमा पन्छिन नमिल्ने बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले महाधिवेशन प्रचार प्रसार समितिको यो कार्यक्रम निकै प्रशंसायोग्य रहेको बताउँदै छाता संस्था पत्रकार महासंघले सबै पत्रकार यसरी नै एकता, मेलमिलाप र सहकार्य गर्दै अघि बढेको हेर्न चाहेको बताइन्।

पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले पत्रकारिताका सवालमा पोखरा महाधिवेशनले ठोस सन्देश दिन सकोस् भन्ने कामना गर्दै आमसञ्चार विधेयक, पत्रकारका पारिश्रमिकका सवालमा उचित दबाब सिर्जना गर्न महाधिवेशन सफल रहने विश्वास व्यक्त गरे ।

पत्रकार महासंघ गण्डकीका सचिव एवं प्रेस युनियनका नेता यदुनाथ बञ्जाराले जुनै पार्टीमा संलग्न रहेपनि, जुनै वादबाट निर्देशित रहेपनि पत्रकारिताका सवालमा पत्रकार भनेको पत्रकार नै हो भन्दै सबैको साझा महाधिवेशन महसुस गराउने गरी कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई कास्कीका सम्पूर्ण पत्रकारका तर्फबाट आतिथ्यता प्रदान गर्न तयार रहेको बताइन् । उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेतृत्वगत भन्दा पनि नीतिगत बहस होस् भन्दै महाधिवेशन सफलताको कामना गरे ।

फोनिज गण्डकीका निवर्तमान अध्यक्ष हुम गुरुङले पार्टी राजनीति भन्दा पनि पत्रकारिता माथि हुने भएकाले सबै जना पत्रकारिताका सवालमा एकजुट हुन आह्वान गरे । उनले पोखरामा पहिलो पटक महाधिवेशन हुँदै गर्दा कास्कीबाटै चौतारीको केन्द्रीय नेतृत्व लिने गरी नेताहरु अघि बढ्न पनि सुझाए ।

प्रेस सेन्टर नेपालका पोखरा महानगर कमिटि अध्यक्ष शिवराज बस्ताकोटीले सबै पत्रकारलाई आमन्त्रण गरी सँगै एकसाथ अघि बढ्न आह्वान गर्नु निकै सकारात्मक कुरा भएको भन्दै सबै यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रचार प्रसार उपसमितिका संयोजक रञ्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सबै संगठनका नेतृत्वलाई स्वागत गर्दै प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले चौतारीले नाम जस्तै सबैलाई समेट्दै, सबैको सहयोग लिँदै, दिँदै अघि बढ्ने नीति स्वरुप हात अघि बढाएको बताए । प्रेस चौतारी कास्कीकी उपाध्यक्ष बालकुमारी पौडेल (तारा)ले संयोजन गरेको कार्यक्रमको सञ्चालन सहसचिव ईश्वर देवकोटाले गरेका थिए ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८ गते पोखरामा हुँदैछ । विभिन्न उपसमितिको क्रियाशिलता कारण राष्ट्रिय महाधिवेशनको रौनक पोखरामा बढ्न थालेको छ । राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.