तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन १८ मा प्रकाशित
in राजनीति, अर्थ, बाग्मती प्रदेश, समाचार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने
62
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, फागुन १८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पु¥याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताउनुभयो ।

आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । आयोगले वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक महिनाअघि नै मतपत्र छाप्ने कार्य सुरु गर्नेछ । स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “वैशाख १७ गतेबाट छाप्न सुरु गरेर ३० गतेभित्र मतदान स्थलमा पुग्ने सम्भावना देखिन्न, त्यसैले मतपत्र छपाइ एक महिनाअघि नै सुरु हुनेछ ।” आयोगले कुन पालिकामा कति उम्मेदवार हुने अनुमान गरेर मतपत्र छाप्ने प्रक्रिया सुरु गर्नेछ । जिल्लामा सक्रिय राजनीतिक दलको सङ्ख्यामा केही थप गरेर चुनाव चिह्न राखेर मतपत्र छापिने प्रवक्ता पौडेलले बताउनुभयो । तथापि मतपत्र डिजाइनको काम भने अगाडि बढ्न सकेको छैन । प्रवक्ता पौडेलले सूचना आह्वान गरे पनि अपेक्षाकृत निवेदन नपरेकाले चैतको दोस्रो साता पुरानै डिजाइनकर्ताबाट मतपत्रको डिजाइन गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन, २०७४ मा छ प्रकारका मत प्रयोगमा आएका थिए । आयोगले उक्त मतपत्रलाई समेत ध्यानमा राखेर मतपत्र डिजाइन गर्ने जनाएको छ । दलहरूले दल दर्ताका लागि निवेदन दिँदा कुन प्रदेशमा स्पर्धा गर्ने उल्लेख गरेको छ । राष्ट्रिय मान्यता प्राप्त गरी आफ्नै चुनाव चिह्नसहित स्पर्धा गर्ने छवटा दल मात्रै छन् । बाँकीको ७४ वटा राजनीतिक दलका उम्मेदवारले स्वतन्त्र चिह्न (बैङ्कबाट) पाउनेछन् ।

प्रवक्ता पौडेलले भन्नुभयो, “चैत १५ गतेभित्र मतपत्र छाप्न आवश्यक कागज आपूर्ति गर्न छनोट भएको कम्पनीलाई समयसीमा तोकेको छ ।” आयोगले मतपत्रको कागज आपूर्ति गर्न ‘गैबियोनेट इन्भारनमेन्ट सोल्यसन’को प्रस्ताव स्वीकृत गरेको छ । कागज आपूर्ति गर्ने उक्त कम्पनीको ११ करोड ४० लाख ६२ हजार २०० रुपियाँको प्रस्ताव आयोगले स्वीकृत गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.