तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आउटलाइन मिडियाको कार्यक्रममा मन्त्री र सांसद जनतासँग आमनेसामने

गुरुकुल खबर गुरुकुल खबर
२०७८ मंसिर २० मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, विशेष, समाचार
आउटलाइन मिडियाको कार्यक्रममा मन्त्री र सांसद जनतासँग आमनेसामने
26
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  माइक समातेका विष्णु बास्तोलाले फ्याट्ट भने, ‘यस्तो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’ हुन पनि नेताहरु आउने, सांसदहरु आउने, मन्त्रीहरु आउने कार्यक्रम त भइरहन्छन् । उनीहरु भाषण गर्छन् जनता सुन्छन् । शनिबार पोखरा १९ पुरन्चौरमा भने त्यस्तो भएन । जनताले जिज्ञासा राखे, मन्त्री र सांसदले जवाफ दिए । त्यसैले विष्णुले भनेका हुन्, ‘यतो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’

आउटलाइन मिडिया काठमाडौंले सार्वजनिक सरोकारका विषयमा छलफल गर्न शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवन, प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा र पियारी थापालाई पुरन्चौर चुरुंगामा जनतासँग आमनेसामने उभ्याएको थियो ।

स्थानीयले लामाचौर—माछापुच्छ«े ग्रामीण सडक पहिरोले भत्काएर बिजोग बनाएको समस्या जोडतोडका साथ उठाए । ‘कुन बेला कुन गाडी खसेर कहाँ पुग्ने हो भनेजस्तो छ,’ लालीगुराँस आमा समूहकी अध्यक्ष तारा पौडेलले भनिन् । उक्त सडक गएको बर्खामा पहिरोले भत्काएको थियो । मर्मतका लागि स्टिमेट गर्दा १ करोड रुपैयाँ लाग्ने देखिएको तर बजेट ५० लाख रुपैयाँभन्दा नभएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले सुनाए । अर्थमन्त्री बरालले सडक मर्मतका लागि बजेट अभाव हुन नदिने बचन दिए ।

‘अहिले ५० लाख रुपैयाँ छ भने त्यसैबाट काम सुरु गर्नाेस्, १ करोड हैन डेढ करोड रुपैयाँ चाहिन्छ भने पनि हालिन्छ, छिटो छरितो सम्पन्न गर्न मेरो पहल रहन्छ,’ मन्त्री बरालले भने । गणेशप्रसाद बास्तोलाले माछापुच्छ«े ग्रामीण सडक उत्तरी भेगका लागि थेग्ने सडक भएको हुँदा त्यो बाटो बनाए अरु विकास विस्तारै हुने विचार राखे ।
प्रदेश सांसद इन्द्रलाल सापकोटाले गण्डकी सरकारले एक निर्वाचन क्षेत्र एक सडक, पालिकालाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक सडकहरु बनाएको सुनाए । ‘जिल्ला सदरमुकाम छाडेर पिचबाटो देख्नै नपाइने अवस्थामा अब त्यो अवस्था रहेन, कतै पिच भइसकेको छ, कतै हुँदैछ,’ सापकोटाले भने ।

प्रदेश सांसद पियारी थापाले महिला सशक्तीकरणका लागि ‘प्राइभेट फर्म दर्तासम्बन्धी’ ऐनमा महिलालाई फर्म दर्ता र नवीकरणमा छुट हुने व्यवस्था गरेको जानकारी दिइन् । बाल अधिकारसम्बन्धी कानुन पनि बन्ने चरणमा रहेको जानकारी उनले दिइन् । संघीयता नेपालको अर्थतन्त्रले नधान्ने विचार पनि उनले व्यक्त गरिन् ।

विन्ध्येश्वरी माविका प्रअ श्रीराम आचार्यले दरबन्दी अपुग रहेको बताए । ‘महिला शिक्षक सुत्केरी विदामा बस्दा वैकल्पिक शिक्षक राख्ने क्षमता पनि विद्यालयसँग हुँदैन,’ उनले भने, ‘यो समस्या हाम्रोमात्रै होइन, देशैभरि छ ।’ छात्र सागर बास्तोलाले पुस्तकालयको अभाव रहेको सांसदहरुलाई सुनाए । नारायण अधिकारीले बाउसाले खनेका बाटो भत्किएर गाडी चल्न छाडेको सुनाए । युवा वसन्तराज बास्तोलाले युवालाई उद्यमी बनाउन गण्डकी सरकारले के कस्तो नीति ल्याएको छ भन्ने जिज्ञासा राखे ।

सरस्वती बास्तोलाले स्वास्थ्य चौकी जाँदा सिटामोल पनि नहुँदा आफूहरुलाई महानगरको बासिन्दा होइनौं कि भन्ने लागेको अनुभूति साटिन् । मित्रलाल बास्तोला, विष्णु बास्तोला, जगन्नाथ बास्तोला, हर्कराज आचार्य, भगवान बास्तोला, गोमा बास्तोला, शालिग्राम बास्तोला, विजय गौतम, केशवराज बास्तोला लगायतले गाउँघरका समस्या सांसदहरुलाई सुनाएका थिए ।

आउटलाइन मिडियाका सरोज दाहालले पत्रकारले जनताका प्रश्न र समस्याबारे रिर्पोटिङ गर्न सकिने हुँदा हुँदै जनतासँग सामन्ने राखेर सांसदसँग छलफल गर्दा अझ प्रभावकारी हुने भएकाले कार्यक्रम आयोजना गरेको जानकारी गराए । उक्त मिडियाले उत्पादन गर्ने जनतासँग सांसद कार्यक्रम देशभरका ७७ एफएम रेडियोबाट शुक्रबार बिहान साढे ७ बजे प्रसारण हुने जानकारी कार्यक्रम प्रस्तोता बोमलाल गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.