Trulli
Breaking Newsगण्डकी प्रदेशराजनीतिसमाचार

कास्कीका प्रदेश सभापतिमा सुबेदी , कोईराला, आचार्य, मर्सानी, पाण्डे र पौडेल

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । विजयी पाण्डेले २२६ र कोइरालाले २०९ मत प्राप्त गरे ।

यसैगरी पार्टीको दुई उपसभापतिमा सुदेव गुरुङ (माइला दाई) र निर्मल ढुंगाना विजयी भएका छन् । गुरुङले २२६ र गिरीले २०९ मत प्राप्त गरे । उपसभापतिमै प्रतिस्पर्धा गरेका दीपक कुमार आलेले २०१ र लक्ष्मीदेवी पौडेलले १३५ मत प्राप्त गरे ।

यस्तै, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी विजयी भएका छन् । शिवले २८२ र ध्रुवले २७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी केशव भट्टराईले २०२ मत प्राप्त गरे ।

यसैगरी सहसचिव पदमा सुवास भण्डारी २५१, विष्णु गुरुङ २१९ मतका साथ विजयी भए । सहसचिवमा प्रतिस्पर्धा गरेका ईश्वरराज भण्डारीले १६३ र शान्ति मगरातीले १३९ मत प्राप्त गरे ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (ख) को सभापतिमा जीवनाथ पौडेल (शंकर) विजयी भएका छन् ।  शुक्रबार भएको मतदानमा उनले प्रतिस्पर्धी दीपकवीर कुँवरलाई भारी मतान्तरले पराजित गरेका हुन् । कूल ४०२ मतमध्ये पौडेलले २२७ र कुँवरले १२४ मत प्राप्त गरे ।
पार्टीको दुई उपसभापतिमा पार्वतीदेवी कोइराला र पदमबहादुर गुरुङ विजयी भएका छन् । कोइरालाले १९०, गुरुङले १८८ र प्रतिस्पर्धी विकास गुरुङले १६५ र विनोद खड्काले १०० मत प्राप्त गरे ।
यसैगरी सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी विजयी भएका छन् । बरालले १७४, भण्डारीले १७० र प्रतिस्पर्धी शुक्रराज पौडेलले १५४ र उपेन्द्रराज पराजुलीले ९८ मत प्राप्त गरे । यस्तै, सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी विजयी भए । गुरुङले २६४, सुवेदीले २०० प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की २ को (क) प्रदेशसभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य विजयी भएका छन् । आचार्यले १२१ मत प्राप्त गर्दा अर्का पराजुलीले ९१ मत ल्याएका हुन् ।
यसैगरी दुई उपसभापतिमा माधव प्रसाद बराल र चेतबहादुर महत विजयी भएका छन् । बरालले १४९, महतले ११८ र प्रतिस्पर्धी षडानन्द लामिछानेले १०४ मत प्राप्त गरे ।
पार्टीको दुई सचिवमा टंकप्रसाद भण्डारी र नारायण प्रसाद शर्मा विजयी भए । भण्डारीले १२७, शर्माले ११७ मत र प्रतिस्पर्धी राजेश गौतमले १०५ मत प्राप्त गरे ।
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button