Trulli
कला/साहित्यगण्डकी प्रदेशविविधशिक्षा/स्वास्थ्यसमाचार

रतन पाण्डे माविमा छात्रबृत्ति वितरण शिक्षक तथा विद्यार्थी सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच आज सम्मान गरिएको छ ।

स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता बराल र द्वितीय विनिता भुजेललाई जनही २५÷२५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो ।

विद्यार्थीलाई पुरस्कृत गर्दै पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष लेखबहादुर तामाब (दर्शन लामा)ले शैक्षिक गुणस्तरीयता अहिलेको आवश्यकता भएको बताउँदै गुणस्तरीयतालाई ध्यान दिन आग्रह गर्नुभयो । वडा क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तीयता अभिबृद्धिलाई आँफूहरूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बरालले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै विद्यार्थी, शिक्षक, र अभिभावकको संयुक्त प्रयासमा विद्यालयलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय निरिक्षक बद्री सुवेदीले विद्यार्थीको सिकाईमा उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीलाई गरिने सम्मान तथा पुरस्कारले उनीहरूलाई उत्प्रेरित गर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी सब्ख्या चुनौतीका रुपमा रहेको बताउँदै उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थी तथा अभिभावकले विश्वास गर्ने किसिमको वातावरण तयार गर्नुपने मा जोड दिनुभयो ।

स्व.बोधराज बराल स्मृति जेहेन्दार छात्रबृत्ति कोषका संस्थापक डा.दीपक बरालले जेहेन्दार विद्यार्थीलाई लक्षित गरी अक्षय कोष स्थापना गरिएको बताउँदै आगामी दिनमा उक्त कोषलाई अझै बढाएर लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि निरन्तर प्रयास राखिएको बताउँदै यसका लागि विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

उक्त अवसरमा विद्यालयमा लामो समयदेखि शिक्षण गरी सेवा निबृत्त हुनुभएका सरस्वती बराल र सुनिता बराललाई विदाई तथा नवागन्तुक शिक्षकलाई स्वागत गरिएको थियो । कार्यक्रममा सम्मानित विद्यार्थीहरू र निबृत्त शिक्षक सरस्वती बरालले विद्यालयमा अध्ययन अध्यापन गर्दाका अनुभूति बारे बोल्नुभएको थियो । उक्त अवसरमा गोविन्द देवकोटा, पूर्व अध्यक्ष देवराज पौडेल, मीन बहादुर केसी लगायतले बोल्नुभएको थियो

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button