Trulli
गण्डकी प्रदेशविविधसमाचारसूचना/जानकारी

कास्की जिल्ला अदालत भवन निर्माणका लागि जग्गाको खोजी

कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समित गठन गरिएको छ । उच्च अदालत वार एशोसियसन पोखरा र जिल्ला अदालत वार एशोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयंक्त वैठकले उक्त समिति गठन गरेको हो ।

वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल वार एशोसियसनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, नेपाल वार एशोसियसनका सदस्य कल्पना भण्डारी,  उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत वार एशोसियसन कास्कीका अध्यक्ष मुक्ति सापकोटा, डि एल ए कास्कीका अध्यक्ष बिष्णु प्रसाद मरासिनी, पि एल ए कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहेका छन ।

वैठकमा कास्की जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईले कास्की जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि २ करोड बजेट स्वीकृत भएको जानकारी गराए । उनले बताए, “करिब ६० वर्ष अगाडि बनेको हालको भवन जिर्ण अवस्थामा रहेको र सेवाग्राहीको चाप बढ्दै गएका कारण इजलास बढाउनु पर्ने तर ठाउँको अपुग भएकाले कार्य सम्पादनमा कठिनाई भएको छ ।”

वरिष्ठ अधिवक्ता, वारका पदाधिकारी लगाएत बैठकमा उपस्थित सहभागी कानुन व्यवसायीले अव बन्ने अदालतको भवन करिब ५० वर्ष पछिको आवश्यकतालाई मध्यनजर गरी संरचनाको प्रस्ताव गरिनु पर्ने कुरामा जोड दिए ।

हाल अदालत रहेको पोखरा ६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिर बाट बाटो र कुलोको मापदण्ड कटाउदा संरचना बनाउने जग्गा अपुग हुने हुदां अवश्यक जग्गाको खोजी गर्नुपर्ने निश्कर्ष बैठकले निकालेको थियो ।पोखरामा रहेका सरकारी जग्गाको खोजी गरी अवश्यक जग्गा प्राप्त गर्न समिति लागि पर्ने उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष नारायण पौडेलले बताए । कास्की जिल्ला अदालतको सेवाग्राही मैत्री भवन बनाउनमा सरोकार वाला सबैको सहयोग रहनेछ उनले भने ।

कास्की जिल्ला अदालतमा हाल ७ वटा इजलासबाट सेवा प्रभाह भइरहेको छ ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button