Trulli
गण्डकी प्रदेशप्रदेश गतिविधिशिक्षा/स्वास्थ्यसमाचार

कोरोना भाइरस संक्रमणबाट पोखरामा आज तीन जनाको मृत्यु

पोखरा असार १४ । कोरोना भाइरस संक्रमणबाट पोखरामा आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र दुई महिला रहेका छन् ।

यसरी मृत्यु हुनेमा पोखरा १४ का ५८ वर्षका पुरुष, पोखरा १३ की ५८ वर्षकी महिला र पोखरा ११ की ५० वर्षकी महिलाको उपचारको क्रममा पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी नवलपरासी पूर्व, गोरखा र बागलुङका एक एक जनाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

शर्माका अनुसार गण्डकीमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीमा पछिल्लो २४ घण्टामा ४०८ जना निको भएर सक्रिय संक्रमित २७ सय ६ जनामा झरेको छ ।  

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button