Trulli
Breaking Newsगण्डकी प्रदेशव्यक्ति/संस्थाशिक्षा/स्वास्थ्यसमाचार

पोखरा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

पोखरा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष एवं पोखराका प्रतिष्ठित व्यवसायी रमेश कर्माचार्यको निधन भएको छ । कर्माचार्यको जन्म २०१६ सालमा भएको थियो ।

केही दिन देखि काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि उपचारको लागि एक साता भन्दा अगाडी त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहांबाट ललितपुर स्थित निदान अस्पताल लगिएकोमा उपचारका क्रममा नै वहांको निधन भएको पोखरा उधोग वाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छेले जानकारी दिनुभयो ।

हिजो बेलुका श्वास प्रश्वासमा निकै समस्या आएको भन्दै भेन्टिलेटरमा राखेर वहांको उपचार गरिएकोमा बिहान साढ़े तिन बजे तिर वहांको निधन भएको थियो । कर्माचार्यले पोखरा उधोग वाणिज्य संघमा लामो समय अर्थात् कार्यसमिति सदस्य हुंदै विभिन्न पदको ज़िम्मेवारी सम्हालेर अध्यक्षको ज़िम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

वहाँ लायन्स क्लव लगायत विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थामा पनि लामो समयदेखि क्रियाशील हुनुहुन्थ्यो । अत्यन्त सरल र मिलनसार व्यक्तित्वको रुपमा परिचित कर्माचार्य पोखराको रानीपौवामा बस्दै आउनुभएको थियो ।

कर्माचार्यको परिवारका सदस्य एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष ईश्वर कर्माचार्यका अनुसार पछिल्लो समय रमेश कर्माचार्यका परिवारका सदस्यहरु पनि काठमाडौ र पोखरा दुवैतिर बस्ने गरेका थिए । काम बिशेषले काठमाडौ गएको समयमा कोरोना संक्रमण भएपछि उनी पोखरा नफर्किएको र उपचार शुरु गरिएको बुझिएको छ ।

अन्य कुनै किसिमको गम्भीर रोग नरहेको र आहार बिहारमा समेत सधैं ध्यान दिदै आएका उनलाई कोरोना संक्रमणले यस्तो अवस्थामा पुर्याउला भन्ने अनुमान कसैले गरेको थिएन । शुरुमा कर्माचार्यको छोरा र श्रीमतिलाई समेत कोरोना संक्रमण भएपनि उनिहरुको रिपोर्ट भने नेगेटिभ आईसकेको छ ।

यसैबिच पोखरा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कोईरालाले कर्माचार्यको निधनले पोखराले एक असल व्यवसायी, सामाजिक व्यक्तित्व तथा अभिभावक गुमाउनुपरेको भन्दै पोउवासंघले अपुरणीय क्षती व्यहोर्नुपरेको बताएका छन ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button