Trulli
Breaking Newsगण्डकी प्रदेशबाग्मती प्रदेशराजनीतिविविधविशेषसमाचार

नागरिकता अध्यादेश सत्ता सौदाबाजीका लागि मात्र -राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी ओली नेतृत्वको वर्तमान सरकारले अदालतको आदेश विपरीत नागरिकता अध्यादेश जारी गरेको र त्यो अध्यादेश राष्ट्रिय हित विपरीत सत्ता सौदाबाजीका लागि मात्र ल्याईएको भन्दै तत्काल पुनर्विचार गर्न माग गरेको छ ।
पार्टीका ३ जना अध्यक्षहरु कमल थापा , पशुपती शमसेर राणा र प्रकाश चन्द्र लोहनी द्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा ‘नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेकोमा राप्रपाको गंभीर ध्यान आकर्षित भएको छ भनिएको छ ।
प्रत्येक नेपालीले सहज र सरल रूपमा नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गरिनु हुँदैन र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने राप्रपाको दृढ मान्यता रहेको छ भन्दै विज्ञप्तीमा संसदमा बिश्वासको मत लिन नसकेर प्रतिनिधि सभा विघटन गर्ने, विघटनको दुई दिन नपुग्दै संसदमा बिचाराधिन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रूपमा जारी गर्नु सरकारको बदनियतपूण कार्य हो ।
२०७५ सालमा पेश भएको नागरिकता विधेयकलाई सरकारले नै पारित गर्न तीन बर्षदेखि अवरोध सिर्जना गरेको जगजाहेर छ । अहिले अध्यादेश जारी गर्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका सम्वन्धमा पेश गरेको महत्वपूर्ण संशोधन र सुझावलाई उपेक्षा गर्नुले पनि सरकारको बदनियत प्रमाणित हुन्छ – राप्रपाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका नागरिकता सम्बन्धि प्रावधानलाई संघीय कानुन बमोजिम कार्यान्वयन गर्नुपर्ने संविधानले नै बाध्यकारी व्यवस्था गरेको छ । यस सम्बन्धि सर्वोच्च अदालतको आदेश पनि त्यही हो । तर, कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अहिले अध्यादेश जारी गरेको छ । यो कार्य संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ -विज्ञप्तीमा उल्लेख छ ।
अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत राख्दैन । त्यसर्थ, विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरित प्रावधान राखेर जारी भएको अध्यादेश बारे पुनर्विचार गर्न सरकारसककग राप्रपा आग्रह गर्दछ । यसैगरि विज्ञप्तिमा तराई मधेस लगायत देशको विभिन्न भागहरूमा रहेको नागरिकता सम्बन्धि समस्याको राष्ट्रिय हित अनुकूल सर्वपक्षीय सहमतिको आधारमा समाधान खोज्न समेत राप्रपा आह्वान गर्दछ भनिएको छ ।.
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button