Trulli
Breaking Newsकर्णाली प्रदेशप्रदेश नं ५विविधविशेषसमाचार

पत्रकार महासंघका अध्यक्ष पोखरेल सहितको टोली कार दुर्घटनामा

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल सहितको टोली संभावित ठुलो दुर्घटनाबाट जोगिएको छ ।
पोखरेल सहित महासंघको दाडं शाखाका अध्यक्ष दुर्गालाल केसी , शाखाका उपाध्यक्ष एवं प्रेस युनियन दांगका अध्यक्ष सन्तोष सुबेदी र सल्लाहकार सुदिप गौतम चढेको गाडीलाई स्कर्पियो गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो । पोखरेलको कार दाड्गंको तुलसीपुरमा दुर्घटना भएको हो ।
कारमा सवार सबै सकुशल नै छन तर दुर्घटनामा घाईते भएका गौतमको टाउकोमा चोट लागेकोले केही टाँका लगाईएको छ । पोखरेल अस्ति मात्र काठमाडौबाट गृह जिल्ला दाडं गएका थिए ।
उनले केही दिन अगाडी मात्र नया गाड़ी लिएकोमा सोही गाड़ी नै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त गाडीमा भने क्षती पुगेको छ ।
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button