Trulli
गण्डकी प्रदेशविविधशिक्षा/स्वास्थ्यसमाचार

पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री सहयोग

पोखरा, ७ जेठ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ट कन्सल्टेन्ट सर्जन सह प्रा.डा. अर्जुन आचार्य र समाजसेवी मिनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई शनिबार स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

कोरोना महामारीमा अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि डा.आचार्य र समाजेसवी गुरुङले छ हजार थान मास्क र १५ लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको हुन्। डा.आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्कीकाअध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरेका हुन् । डा.आचार्य पोखरा स्वास्थ्य विज्ञान निर्देशनालयका निःवर्तमान निर्देशक पनि हुन् ।

यसैगरि कास्की ल्वाङ घर भई हाल हङकङ निवासी गुरुङले प्रविण मर्सानी मार्फत सहयोग सामाग्री उपलब्ध गराएकी हुन् । गुरुङले उलब्ध गराएको २ हजार ५ सय मास्क र १० लिटर सेनिटाइजर मर्सानीले महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई शनिबार नै हस्तान्तरण गरेका हुन् ।
डा. आचार्यले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सहयोग गरिएको बताए ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button