Trulli
Breaking Newsगण्डकी प्रदेशप्रदेश गतिविधिबाग्मती प्रदेशराजनीतिविशेषशिक्षा/स्वास्थ्यसमाचार

कोरोनाको महामारीका कारण नेपालमा हालसम्म पन्ध्र पत्रकारको निधन

पोखराका संचारउधमी लामा लगायतको निधनको रेकर्ड भने महासंघमा छैन

नेपालमा कोरोनाको महामारीका कारण विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मी र संचार उधमीहरुले समेत ज्यान गुमाएका छन । नेपाल पत्रकार महासंघले जनाए अनुसार हाल सम्म १५ जना पत्रकारहरुको कोरोना संक्रमणकै कारण ज्यान गएको छ भने ७ सय ५० भन्दा बढ़ी संक्रमित भएका छन । कोरोना महामारीको यो समयमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने बाध्यताका कारण पनि पत्रकारहरुको मृत्यु हुनपुगेको सबैजसोको बुझाई छ । सरकारले मृतक पत्रकारको परिवार र संक्रमित पत्रकारको हित हुने गरि तत्काल कार्यक्रम ल्याउनुपर्न महासंघका महासचिव रोशन पुरीको भनाई छ ।

महासंघका महासचिव  पुरीले कोरोनाको पहिलो र दोश्रो चरणमा देशका विभिन्न जिल्लामा कार्यरत १५ पत्रकारको मृत्यु भएको जानकारी महासंघले दिएपनि त्यो संख्यामा संचार उधमीहरुको संख्या भने समावेश गरिएको छैन ।

कोरोनाकै कारण पछिल्लो समय अर्थात् जेठ ४ गते मंगलवार पोखराका संचार उधमी ई शुसिल लामाको मृत्यु भएको छ ।उहांलाई पोखराका विभिन्न अस्पतालमा उपचार गर्दा गर्दै स्वास्थ्यमा सुधार नआएपछि हेलिकोप्टरबाट काठमाडौ लगिएको थियो । उपचारका क्रममा नै वहांको निधन भएको हो । रेडियो अन्नपूर्ण र पोखरा केवल टेलिभिजनका निर्देशक रहेका लामाकी धर्मपत्नी माया लामा पेशाले डाक्टर हुनुहुन्छ । वहां अर्थात् डा माया लामा सोसाइटी अफ एनेस्थीसियोलोजीको पोखरा शाखाकी उपाध्यक्ष समेत हुनुहुन्छ । अन्य जिल्लामा समेत कोरोनाका कारण मिडिया संचालकहरुको ज्यान गएको भएपनि महासंघसंग त्यसको रेकर्ढ भने नरहेको बताईन्छ।

यसैबिच रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका हिक्मत चौधरीको बुधवार नै निधन भएको छ । उहां विगत १५ वर्ष देखि पत्रकारितामा संलग्न रहनुभएको जानकारी दिंदै रुपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले वैशाख २१ गतेबाट बिरामी परेपछि पछिल्लो समय आईसियु र २ दिन अगाडी भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत वहाँको स्वास्थ्यमा सुधार आउन सकेन ।

पत्रकार महासंघमा रहेको रेकर्ढ अनुसार पोखराका पत्रकार गणेश पौडेल ( जगन्नाथ ) र काठमाडौमा कार्यरत शान्तिराम कार्कि सहित कपिलबस्तुका बनारसी बर्मा , काभ्रेका बिष्णु चौलागाईं, धादिडंका सिताराम बर्मा र अन्य विभिन्न जिल्लामा कार्यरत पत्रकारहरु महेन्द्र केसी , बिक्रम शाक्य , दामोदर अधिकारी,कमल मिश्र , सन्तन राउत , दिनेश दाहाल, मनोज चौधरी ,रामा यादव (महिला) लक्ष्मण बस्नेत कोरोनाका कारण ज्यान गएको छ । ज्यान गुमाउनुर्परेका अधिकांश पत्रकारहरु ३० देखि ५० वर्ष उमेर समुह भित्रका रहेका छन । तर हिक्मत , वनारसी र सिताराम भने ६० वर्ष हाराहारीका हुन ।

यसैबिच महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोनाको महामारीका बिचमा पनि सुरक्षित रहेर सूचना प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताउंदै सरकारले पत्रकारहरुको स्वास्थ्योपचार लगायतका विषयमा गंभीरता देखाउनुपर्ने बताउनुभयो । पोखरेलले वर्तमान संकटको बेला संचार संस्थालाई टिकाईराख्न र त्यहा कार्यरत श्रमजिवी पत्रकार एवं कर्मचारीहरुको सेवा सुविधामा कटौती हुन नदिन सरकारले मिडिया जगतलाई राहत हुने कार्यक्रम ल्याउन माग गर्नुभयो ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button