Trulli
गण्डकी प्रदेशविशेषसमाचार

कोरोना पिडितलाई सेवा गर्दै जन्म दिन मनाइयो

जेठ ५ पोखरा । विधार्थी नेता एवम् नेपाल विधार्थी संघका पुर्व केन्द्रीय सदस्य सरोज केसीले विभिन्न सामाजिक कार्य गर्दै आफ्नो जन्म दिन मनाएको जनाएका छन् ।

केसीले अस्पतालमा बिरामी कुरुवालाई भोजन र जिल्लाको कोभिड बिरामीलाई अस्पतालसम्म आउने जाने व्यवस्था, कोभिड विरामीको उपचारार्थ फ्रन्ट लाईनमा खटिएकाहरूलाई सहयोग गर्दै जन्मदिन मनाएको गुरुकुल खवरसंग जनाएका हुन् । ‘यो विपत्ति र महामारीमा अ-आफ्नो पक्षबाट सक्दो सहयोग गर्नु पर्छ ‘ केसीले गुरुकुल खबरसंग भने ‘हामी सबै मिलेर यो महामारीलाई जित्नुको विकल्प छैन ।’ केसीले जसले जहाँ जे-जे सकिन्छ त्यसरी नै सहयोग गर्दै आफु पनी सुरक्षित हुन सबैलाई अनुरोध समेत गरेका छन् ।

यसैगरी विधार्थी नेता केसीले राजनीतिक दलहरुलाई यो महामारीको बेला जनतासंगै रहन आग्रह गर्दै सत्ताको खेलमा मात्र लागेर एक अर्कालाई दोषारोपण गरेर महामारीबाट मुक्ति नपाउने समेत गुरुकुल खबरलाई बताए ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button