Trulli
Breaking Newsखेलकुदगण्डकी प्रदेशराजनीतिसमाचार

पोखरामा लोकतान्त्रिक खेलकूदको रक्तदानमा सय यूनिट रगत संकलन (फोटो फिचर)

नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा स्थापित नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका छन । कोरोना महामारीका कारण रक्तदान गर्ने व्यक्ति र संस्थाहरु कम भएपछि रक्तसंचार केन्द्र पोखरामा यति बेला रगतको अभाव देखिएको छ । रगतको अभाव पूर्ति गर्ने उद्देश्य सहित नेपाली कांगेसको खेलकूद विभागको निर्देशन र लोकतान्त्रिक खेलकूद संघको सप्ताहव्यापी कार्यक्रम अनुसार संघको कास्की शाखाले रक्तदान कार्यक्रम गरेको हो ।     

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा १० अमरसिंहचोकमा आयोजित रक्तदानमा ९६ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले रक्तदाता विकास गुरुड्लाई ब्लड व्याग हस्तान्तरण गरेर गरिएको थियो । त्यस अवसरमा बोल्दै शर्माले कोरोना महामारीका कारण रगतको अभाव भैरहेको बेला संकलित रगतले धेरैको ज्यान बच्ने बताउनुभयो ।कार्यक्रमका विशेष अतिथी संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले केन्द्रको आह्वान र जिल्लाको पहलमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।                                                                                                        संघका कास्की जिल्ला अध्यक्ष ओम बस्नेतले संघको तर्फबाट धेरै कार्यक्रम हुन नसकेपनि कोरोना प्रकोप भैरहेको बेला रक्तदान कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्द एवं नेपाली कांग्रेसमा क्रियाशील व्यक्तित्वहरुले रक्तदान गरेका थिए । आर्चरी खेलमा अन्तराष्ट्रिय पदक बिजेता असिम शेरचन , नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका युवा गंगाधर पराजुली, नेपाल तरुण दलका विजय गुरुड्, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ प्रदेशका सभापति प्रकाश बराल लगायत करिब एक सय जनाले रक्तदान गरेका थिएं ।

रक्तदाताहरुलाई नेपाली कांग्रेसका युवा नेता गुरु बराल , कास्कीका सचिव सुदिप मोहन भट्टराई, कांग्रेस पोखरा महानगरका कोषाध्यक्ष सुनिल गुरुड्, कांग्रेसका वडा सभापति राजेश गुरुड्ं र उमा ठकुरी महाधिवेशन प्रतिनिधि गिरिराज गौतम , कांग्रेसका युवा नेता एवं पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली, वडाध्यक्षहरु राज कुमार गुरुड्ं र रविन्सन प्रजू , एन्फा कास्कीका अध्यक्ष मिलन गुरुड्ं , निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष राजेन्द्र पहारी , कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल , क्षेत्रीय खेलकूद विकास समितिका सदस्य देवेन्द्र केसी लगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button