Trulli
Breaking Newsअन्यगण्डकी प्रदेशविविधविशेषसमाचार

मानव अधिकार रक्षकलाई निर्वाध काम गर्न देउ – एआई समूह ८२

पोखरा । एमनेस्टी इन्टरनेशनल नेपाल, शिक्षक तथा सामाजिक कार्यकर्ता समूह-८२ को २४ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले एम्नेस्टी इन्डियायालाई जबर्जस्ती बन्द गराइनु कुनै एउटा छिटपुट घटना नभई यो भारतमा अभियन्ताहरू, सरकारका आलोचकहरू, पत्रकार, मानवअधिकार रक्षक र नागरिक समाजको सदस्यहरूमाथि बढ्दो दमनको प्रवृत्ति रहेको कुरामा जोड दिएका थिए

प्रजातन्त्रको आधारस्तम्भ अभिव्यक्ति स्वतन्त्रता र नागरिक समाजको अवस्था भारत र नेपाल लगायतका मुलुकमा खुम्चिँदै जानु चिन्ताजनक रहेको भन्दै उनिहरुले यस्ता गम्भीर विषयलाई तत्कालै संबोधन गर्न र मानवअधिकार संस्था, अभियन्ता र मानवअधिकार रक्षकहरूलाई स्वतन्त्रपूर्वक र बिना रोकतोक काम गर्ने वातावरण बनाउन सम्बन्धित देशका सरकारलाई आह्वान गरेका थिए ।

समूहको शनिवार सम्पन्न साधारण सभाको उद्घाटन एमनेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य महेश पौडेलले गर्नुभएको थियो । त्यस अवसरमा बोल्दै पौडेलले एमनेस्टीले चलाएको अभियानका कारण विश्वका धेरै देशमा आम सर्वसाधारणको जिवन रक्षा भएको बताउनुभयो ।

कार्यक्रममा समूहका संस्थापक संयोजक हेडम्ब प्रसाद कोईराला, पूर्व संयोजक विश्वेश्वर पराजुली , समूहका पूर्व सचिव गुमनाथ लामिछाने , सदस्य कुलदेवी बराल , एमनेस्टी ईन्टरनेशनल समूह ५४ का संयोजक भानु पराजुली लगायतका वक्ताले नेपालमा पनि मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । समूहको साधारण सभामा सचिव अनिल कुमार सिंहले पेश गर्नुभएको वार्षिक तथा कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

साधारण सभामा समूहका संयोजक रमेश बरालले संस्थाले अघिल्लो वर्ष सम्पन्न गरेका विभिन्न कामका बारेमा जानकारी गराउंदै सिमित श्रोत र साधनका बाबजुद धेरै गतिविधि गरिएको बताउनुभयो । संयोजक बरालका अनुसार गत वर्ष समूहले मानव अधिकार शिक्षा कार्यक्रम, महिला स्वास्थ्य अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै मानव अधिकार दिवस , महिला हिंसा विरुद्धको दिवसमा विभिन्न कार्यक्रम गरेको थियो । यसका साथै न्याय र मानव अधिकार संग सम्बन्धित विभिन्न विषयमा हस्ताक्षर संकलन अभियान समेत संस्थाले गरेको संयोजक बरालले बताउनुभयो ।

२५ वर्ष अगाडी पोखराका ९ जना शिक्षक सामाजिक कार्यकर्ता मिलेर उक्त समूह स्थापना गरेका हुन । तत्कालिन अवस्थामा समूहको संयोजकमा हेडम्ब प्रसाद कोईराला र अन्य संस्थापकहरुमा विश्वेश्वर पराजुली , लोकराज पहारी, तोयनाथ पौडेल , जनकलाल श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, राम बहादुर थापा र दुर्गा देवी कोईराला रहेकोमा नारायण , दुर्गा र राम बहादुरको निधन भैसकेको छ । समूहमा हाल शिक्षा र सामाजिक क्षेत्रसंग सम्बन्धित १४५ जना सदस्यहरु रहेका छन ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button