Trulli
Breaking Newsअपराधगण्डकी प्रदेशप्रदेश नं १बाग्मती प्रदेशविचार/अन्तरवार्ताविशेषव्यक्ति/संस्थासमाचार

लकडाउनको प्रभाव अदालत र जेलमा पनि, समयमै निर्णय नहुँदा हजारौ थुनामै

गंगाधर पराजुली

कोराना भाइरसको (कोभिड– १९) महामारीका कारण अहिले विश्वका सवैजसो मुलुकहरु प्रभावित छन् । करिव ९ लाखकोे ज्यान लिइसकेकोे कोरोना भाइरसका कारण प्रभावित हुने मुलुकमध्ये नेपाल पनि एक हो । नेपालमा कोभिड– १९ का कारण मृत्यु हुने मानिसकोे संख्या दिनदिनै बढिरहेको छ । नेपालमा कोरोना महामारीको नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले पहिलो चरणमा गत ०७६ चैत्रमा नै देशभर लकडाउन घोषणा गरयो । लामो समय चलेको लकडाउनका कारण देशको सबै क्षेत्र प्रभावित भएको छ । मुलुकको अर्थतन्त्र चलायमान नहुँदा देशले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था त छदैछ । सरकारका केही निर्णयका कारण आम नागरिकले पनि कल्पना गरे भन्दा धेरै र अनावश्यक दुखपिडा भोगिरहेका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने नाममा सरकारले चैत महिनाको ११ गतेबाट नै देशबाहिरका नेपाली आउन नपाउने भनि सिमामा कडाई गयो । जसका कारण हजारा नेपालीहरु सीमामा अलपत्र परे । सिमानामा आइपुगेका नेपालीलाई त्यहीबेला नै स्वास्थ्य परीक्षण गरी नेपाल भित्रिने व्यवस्था मिलाएको भए अहिलेको दर्दनाक अवस्था देशले भोग्नुपर्ने थिएन । यसवाहेक सरकारको तर्फबाट आवश्यकता अनुसार स्वास्थ्य सामग्री , उपकरणसहित अन्य पूर्वाधार तयार गर्नेतर्फ कुनै कदम नचालिनु र लकडाउनले मात्र समस्या हल हुन्छ भन्ने सोचाई राखेर काम गर्नुले पनि यो समस्या अझ विकराल बन्दै गएको हो ।

पटक पटकको लकडाउन, सटडाउन र निषेधाज्ञाका कारण मुलुकको उद्योगधन्दा, होटल, पर्यटन, रेष्टुँरा, यातायात, शिक्षा, संचार, निर्माण लगायतका क्षेत्र नराम्ररी प्रभावित भएका छन् । तर सरकार भने राजश्व वा कर संकलन गर्ने कामका लागि केही समय लकडाउन हटाएर पुन पुरानै स्थितिमा फर्किएको देखिन्छ ।

लकडाउनमा पनि कर संकलन गर्ने,ठेक्कापट्टा गर्नुपर्ने कार्यालय खुले । जुन कार्यालय खुल्दा कमिसन वा लाभ प्राप्त हुन्थ्यो ति बाहेक सर्वसाधारण नागरिकले सेवा सुविधा लिनुपर्ने कार्यालय खुलेनन् । खुलेपनि कर्मचारी नभएको वाहानामा सेवाबाट नागरिक लाभान्वित हुन सकेनन् । सरकारले गरेको लकडाउनको अवधिलाई न्यायालयले समेत सुन्य अवधि मानेपछि नागरिकलाई सेवा पुर्याउने केही कार्यालय मात्रै खुले तर सेवा प्रभावकारी हुनसकेन ।
यस लेखमा विशेष गरि कोरोना महामारी र लकडाउनका कारण प्रहरी हिरासतमा रहेका वा पुर्वक्षका लागि थुनामा (जेल) पुगेकाहरु माथि लागेको अभियोग र त्यसमाथि अदालतले गर्नुपर्ने निर्णयमा ढिलाई हुँदा उनीहरुले व्यहोर्नुपरेको समस्याका बारेमा चर्चा गर्न खोजिएको छ ।

कारागार व्यवस्थापन विभाग काठमाडांैका अनुसार हाल देशका विभिन्न कारागारमा करिब २४ हजार कैदी,बन्दी छन् । जसमा पुरुष करिब २२ हजार ५ सय र महिला १ हजार ५ सय छन् । यसमध्ये अदालतबाट तोके अनुसारको कैद भुक्तानी गरिरहेका १३ हजार भन्दा बढी पुरुष र करिव १ हजार महिला कैदी छन् भने पुर्पक्षकालागि थुनामा रहेकाहरुको संख्या करिव १० हजार छ । यो संख्यामध्ये ९ हजार ३ सय पुरुष र २ सय बढी महिला रहेका छन । सवै कारागार अन्तर्गत बाल सुधार गृहमा ६३० जना बालबालिका रहेकोमा २५ जना जति बालिका रहेका विभागका सूचना अधिकृत देवश्री सापकोटाले जानकारी दिए ।

लकडाउन शुरु भएपछिको अवधिमा कारागारबाट छुट्नेहरुको संख्या विगतको तुलनामा निकै कम छ । यस अवधिमा एक वर्ष भन्दा कम सजाय तोकिएकाहरुले प्रतिदिन ३ सय रुपैयाँको दरले राजश्व तिरेर २ सय २० जना कारागारबाट छुटेको र केहिले तोकिएको कैद सजाय पुरा गरि कारागारबाट छुटेको भएपनि करिव १० हजार जना अदालतको निर्णय कुर्दै जेलमा बसिरहेका छन् । सरकारले लकडाउनको अवधिमा बन्दी प्रत्यक्षीकरण अर्थात गैर न्यायिक हिरासतमा रहेकाहरुको र बाल सुधार गृहमा रहेका बालबालिका सम्वन्धित मुद्धा मात्र सुनुवाई गर्ने निर्णय गरेपछि न्यायालयबाट छिटो निर्णय हुने आशामा रहेका हजारौ थुनुवाहरुले लामो समय जेल जीवन बिताउनुपर्ने बाध्यात्मक अवस्था छ ।

“चैत महिनाको दोस्रो अदालतमा मेरो भाइको पेशी तोकिएको थियो, तर लकडाउनका कारण अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्धाको सुनुवाई नहुने भनेपछि जेल भित्र थुनुवाको रुपमा बस्नु परेको छ“ एक पिडीतको भनाइ छ ।विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरि हिरासतमा राखेकोहरुको पनि अवस्था करिब त्यस्तै छ । विभिन्न अभियोगमा प्रहरी हिरासतमा रहेका अभियुक्तहरुलाई पनि कोरोना परीक्षण गरेर मात्र अदालत उपस्थित गराउनु पर्ने बाध्यात्मक व्यवस्थाका कारण प्रहरी हिरासतमा पुगेका जो कोहि सर्वसाधारणको पनि मुद्धाको किनारा लगाउन लाामो समय प्रतिक्षा गर्नुपर्ने भएको छ । कुनै अभियोगमा प्रहरीले पक्राउ गरेका अभियुक्तहरु वा अदालतमा मुद्धा विचाराधिन रहेका कारण पुर्पक्षका लागि थुनामा रहेकाहरु प्नि आफृनो मुद्धाको किनारा नलाग्दा प्रहरी हिरासत वा जेलमा नै दिन विताउन बाध्य छन ।

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधिमा पनि विभिन्न अभियोगमा मानिसहरु पक्राउ पर्ने क्रम बढदो छ । गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको अवधिमा मात्र पनि करिव ६ हजार जना विभिन्न आरोपमा प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको थियो ।जस अनुसार बैशाखमा १,४७०, जेठमा १,६४७ र आषाढमा २,४४३ जना विरुद्ध मुद्धा चलेको छ । यो तथ्यांकले मुलुकमा लकडाउन जारी रहदा पनि विभिन्न अपराधिक घटनाहरु बढ्दै गएको अनुमान गर्न सकिन्छ । लकडाउन शुरु भएको महिना चैतमा पनि १,७६९ जनालाई विभिन्न आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

यसरी हेर्दा प्रहरी हिरासतमा पुगेकाहरु पनि लामो समय सम्म हिरासतमै बस्नुपर्ने वा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएमा लामो समय कारागारमा थुनुवाको रुपमा रहनुपर्ने अवस्था कायम छ । तल्लो तहको अदालतको आदेश अनुसार कारागार चलान गरिएका सर्वसाधारणहरु पनि त्यसका विरुद्ध माथिल्लो अदालतमा रिट दिन पुगेका छन् । तर त्यस्ता रिट उपर सुनुवाइ नहुँदा अधिकांशले समयमा नै न्याय पाउने आशामा तुषारापात हुन पुगेको बताउछन् यस क्षेत्रका जानकारहरु ।

स्वामी कृष्णदासजी  पनि थुनामा

जिल्ला अदालतको निर्णय अनुसार हाल कारागारमा रहेका हजारौ थुनुवा मध्येका एक स्वामी कृष्णदासजी महाराज न्यायलयले निर्णयमा ढिलाई गर्दा थुप्रै सर्वसाधारणले लामो समय जेलमा बिताउनु परेको गुनासो गर्छन् । जर्वजस्ती करणी गरेको आरोप लागेका उनी माथि मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १,२,३ (ङ) बमोजिमको कसुर गरेकोले अपराध पिडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम क्षतिपुर्ति माग गर्दै मुद्दा परेको छ । स्वामी कृृष्णदासकै साधक बनेर  विभिन्न म्यासेजहरु पठाउँदै आएकी एक महिलाले २०७६ कार्तिक ४ गते राति आफुलाई सुनसरीको चतराधामस्थित आश्रममा नै कृष्णदासजीबाट जर्वरजस्ती करणी गरिएको भन्दै मंसीर ११ गते सुनसरी जिल्ला अदालतमा मुद्धा दायर गरेकी थिइन ।

सुनसरी जिल्ला अदालतले सो मुद्दा उपर सुनुवाई गर्दै स्वामी कृष्णदास बाट ३ लाख रुपैयाँ धरौटी लिएर थुना मुक्त गर्न तर अनुसन्धान जारी राख्न आदेश दिएको थियो । जिल्ला अदालतले पुष १४ गते गरेको आदेशका कारण थुना मुक्त भएका स्वामी कृष्णदासजी विरुद्ध पुष १६ गते नै ति महिलाको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय विराटनगरले उच्च अदालत विराटनगरमा अर्को रिट दायर गरयो । त्यसमा जिल्ला अदालतको फैसला त्रुटीपुर्ण र वेरितको भएकोले त्यो आदेश बदर गरि प्रतिबादी स्वामी कृष्णदासलाई थुनामै राखी कारवाहि गर्न माग गरिएको छ ।

उच्च सरकारी वकिलको कार्यालयबाट रिट दायर गरिए पछि थुनामुक्त अवस्थामा रहेका उनलाई पुर्पक्षका लागि भन्दै सुनसरीको झुम्का कारागारमा थुनामा राखिएको छ । उनको तर्फबाट पनि पुष २२ गतेको मितिमा उच्च अदालतमा आफु सादा तारेखमा रहन पाउ भन्ने माग सहित रिट दायर गरिएको भएपनि त्यस उपर अझै सम्म सुनुवाइ हुनसकेको छैन् । जसका कारण उनी कारागार बस्नु पर्ने समय लम्बिदैं गएको छ । स्वामी कृष्णदासजीका एक साधक धर्मराज बराल भन्छन् “पटक पटक पेशी सर्दै गएपनि गत चैतको दोस्रो साताका लागि तोकिएको दिनमा सुनुवाई हुने र अदालतले निर्णय दिने अपेक्षा थियो तर कोरोनाका कारण चैत ११ बाट लकडाउन गरिएपछि अदालतको काम कारवाहि समेत रोकिन पुग्यो, जसले गर्दा गुरुदेव सहित धेरै सर्वसाधारणले न्याय पाउने कुरामा ढिलाई हुन पुग्यो ”

हुन त, स्वामी कृष्णदासजीले मात्र नभई प्रहरी हिरासतमा रहेका र पुर्पक्षका लागि थुनामा रहेका हजारौ अभियुक्तहरुले यस्तै समस्या भोगिरहेका छन् । भुम्का कारागारमा रहेका स्वामी कृष्णदासजीले आफुसँग भेटन जाने साधक र आफन्तहरुसँग पनि यस्तै गुनासो गर्ने गरेका छन् । “अहिले पनि १० हजार भन्दा बढी मानिस र त्यसमा पनि अधिकांश युवाहरु विभिन्न अभियोगमा थुनामा रहेका छन् । उनीहरुको मुद्धा जति सक्दो छिटो टुङग्याएर युवा जनशक्तिलाई सहीमार्गमा हिडाउन सके मुलुक समृद्ध बन्ने थियो’’ उनले बारम्वार व्यक्त गर्ने गरेको भनाई हो यो ।

यस वर्षको गुरु पुर्णिमाको दिन अर्थात असार २१ को दिन त्यहा पुगेका सैयौ साधक र भक्तजनहरुलाई पनि उनले आश्वस्त पार्दै पठाएका थिए । उनले भने, ‘‘म भौतिक संसारबाट टाढा रहेर साधु बनेको मान्छे, मलाई कारागार बस्नु, महलमा बस्नु वा कुटीमा बस्नु भन्ने कुराले खासै फरक पार्दैन तर न्यायालयले समय मै निर्णय नगर्दा म लगायत हजारौ युवा र सर्वसाधारण निदोष रहेर पनि जेलजीवन बिताउन बाध्य छौ ।यसले गर्दा देशको ठुलो जनशक्ति जेलभित्रै बस्नुपरेको छ । ’’

कारागारमा रहेका बन्दी र थुनुवालाई स्वामी कृष्णदासले योग साधना गराउने मात्र नभएर आध्यात्मिक जागरण र मानव कल्याणका विषयमा समेत प्रवचन दिने गरेका छन् । सोही कारागारमा रहेका एक बन्दीको भनाई उदृत गर्दै स्वामी कृष्णदासका अर्का साधक शंकर गुरुङ्गले भने, ‘‘ गुरुजीले जेलमा रहेका झण्डै २ हजार बन्दीलाई आध्यात्मिक ज्ञान र योग साधना सिकाइरहनु भएको छ ।’’ झुम्का कारागार देश कै धेरै बन्दी रहेका कारागार मध्येको कारागार हो।

स्वामी कृष्णदासजी देशको समृद्धिका लागि युवा शक्तिको सही परिचालन हुनुपर्नेमा हजारौ युवाको उर्वर समय जेलमा बित्ने अवस्थाले आफु चिन्तित बनेको बताउँछन् । देशमा लगानीको वातावरण छैन्, रोजगारी छैन,रोजगारीको अभाव छ , शिक्षित वेरोजगारको संख्या बढदो छ । यस्तो अवस्थामा युवाहरुलाई पनि आध्यात्मिक ज्ञानको माध्यमबाट सहि मार्गमा डो¥याउन सके अपराधिक क्रियाकलापमा कमी आउने र मानव कल्याणका लागि युवाशक्ति प्रयोग हुने भएकोले सरकारको ध्यान यसतर्फ जानपर्ने आवश्यकता छ ।

स्वामी कृष्णदासको दावी

स्वामी कृष्णदासजी महाराजले आफु माथि लगाइएको जर्वजस्ती करणीको आरोपलाई झुटा र काल्पनिक रहेको दावी गरेका छन । सिद्ध प्राप्त गरेको आवाल ब्रम्हचारी तथा सन्यासीलाइ नियोजित रुपमा फसाउन र आश्रमको बदनाम गराउन मुद्धा दर्ता गरिएको ह’न सक्ने उनको भनाइ छ । ति महिलाले पठाएका म्यासेजको जवाफ नदिएको र उनलाई छुटै भेटने समय नदिएको कारण क्रोधित भई आफु विरुद्ध नियोजित रुपमा षडयन्त्र रचेर धम्की दिए अन’सार ४४ औ दिनमा मुद्धा दर्ता गरेको स्वामी कृष्णदासजी बताउछन ।

पिडीत भनिएकी महिलाले कार्तिक ४ गते आफु बलात्कृत भएको दावी गर्नु तर त्यसपछिका दिनमा पनि भगवानका चरणमा कोटी नमन, दिपावलीको शुभकामना जस्ता म्यासेज निरन्तर आउनुले पनि उनीहरुका विचमा कुनै कुकर्म नभएको अनुमान गर्न सकिन्छ । आश्रमका साधकले प्रयोग गर्ने मोवाईलमा म्यासेज जानु, महिलाले भने अनुसारको मिति, समय र स्थानमा उनको प्रवेश हुन सक्ने अवस्था नरहनु, अपराध भएको देखिने कुनै चिन्ह, दाग नदेखिनु र प्रमाणको रुपमा पेश गरिएको अडियो रेकर्ड समेत ७० प्रतिशत मात्र आवाज मिल्ने भनि परिक्षण रिपोर्ट आउनुले पनि ति महिलाको आरोपलाई सत्य मान्न नसकिने कतिपय कान’न ब्यबसायीको भनाई छ । यसका साथै साधु शिष्यहरुको समुहमा रहेर भजन किर्तन र सत्संगमा रमाउने साथै स्त्री र आगोको स्पर्शबाट टाढै रहनुपर्ने योगीलाई ठोस प्रमाणको अभावमा अदृष्य संघ संस्था तथा धर्म विरोधी खेमाको दवावमा चरित्र हत्या गर्न उक्त अभियोग जोडिएको बताईन्छ ।

को हुन स्वामी कृष्णदासजी महाराज ?

नेपालको सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका ४ (तत्कालिन जुबु गा.वि.स.) मा स्वामी कृष्णदासजी महाराजको जन्म भएको हो । उनलाई अधिकांशले समाधिसिद्ध सतपुरुषको रुपमा पनि लिने गर्छन् । बाल्यावस्थामा नै भारतको मुम्वई स्थित नासिकमा पुगेर आफनो अध्ययन र आध्यात्मिक खोजका लागि विभिन्न गुरुहरुबाट शिक्षा,दिक्षा र ज्ञान प्राप्त गरेका उनले भारतकै विभिन्न आश्रममा बसेर अष्टांग योगको अन्तिम विन्दु समाधि सिद्धी समेत प्राप्त गरे । बद्रीनाथ,केदारनाथ,मानसरोवर लगायतका धार्मिक स्थलमा पुगेर कठोर तपस्या गरेपछि उनले आर्युवेद र खगोल विज्ञानमा समेत विशिष्टता प्राप्त गरेको उनका साधकहरु बताउछन् । उनले हासिल गरेको पाशुपत सिद्ध महायोगलाई नेपालमा नै प्रार्दुभाव भएको मानिए पनि विगत चार सय वर्षदेखि लोप भएको विद्याको रुपमा लिइन्छ ।

 

केहि वर्ष भारतमा बसेपछि आफनो जन्मभुमिमा नै केहि  गर्ने लक्ष्यका साथ उनी नेपाल फर्किएका थिए । त्यसपछि अन्य योगीहरु जस्तै हिमालयको गुफा र कन्दरातिर तपस्या गर्दागर्दै सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ चतरास्थित आश्रममा आएर बस्न लागे । यसै क्रममा करिव १० वर्ष अगाडि सो स्थानमा समाधि बसेर उनी चर्चामा रहे । त्यसपछि उनी बसेकै ठाउँ नजिक रहेको सिंचाई आयोजनाको जग्गामा रामानन्दाचार्य सेवापीठको नामबाट उनले अर्को आश्रम स्थापना गरे । सोहि आश्रमबाट उनले आर्युवेदीय मात्र नभएर नाडी र वनस्पति विज्ञानद्धारा असहायको उपचार , पाशुपत सिद्ध महायोगको साधनाको माध्यमबाट साधकहरुलाई आध्यात्मिक ज्ञान र चेतनाको जागरण तथा भगवान श्रीरामको नामको प्रचार अभियान समेत सचालन गरिरहेका छन् ।

भारत सरकारले उच्च तहको सुविधा दिएर आफनो देशमा बस्न आग्रह गरेको भएपनि नेपाल फर्किएका सिद्धबाबाले आफनो ज्ञान र सिप मार्फत स्वरोजगार नेपाल, सुसंस्कृत नेपाल, स्वस्थ र समृद्ध नेपालको अवधारणा ल्याई विभिन्न कार्यक्रम समेत संचालन गरेका छन् । मानवका लागि सन्तुलित शारीरिक र मानसिक स्वास्थ्य नै उसको पहिलो आवश्यकता हुने भएकोले योगसाधनाको माध्यमबाट मानिसको मन शुद्ध गर्नु र सकारात्मक विचार ल्याउन उनले पहल गरिरहेका छन् । यसका साथै नेपालको युवाशक्तिलाई स्वदेशमै परिचालन गरि अर्गानिक कृषि प्रणाली, गौ पालन, जडीबुडी खेती र वृक्षारोपणमा जोड दिदंै योग विश्वविद्यालय स्थापनाका लागि पनि उनले पहल गरेका छन् । नेपाल विश्वमै दुर्लभ जडीबुडीले भरिपूर्ण देश भएकोले त्यसको सदुपयोग गर्नसके विश्वकै धनी देश मध्ये नेपाल पर्ने उनी बताउँछन् ।

नेपालमा वातावरण प्रदुषण बढदै जानु र माटोको उर्वराशक्ति कम हुने समस्याबाट मुक्ति दिलाउन उनले वैदिक सनानत धर्मशास्त्रको अध्ययन अनुसन्धान पछि विश्व इतिहासमै दोश्रो पटक र नेपालमा पहिलो पटक तारकब्रम्ह महायज्ञ गर्न सफल भएका थिए । २०७५ सालको माघ महिनामा चतरा स्थित आफनै आश्रममा १० दिने महायज्ञ संचालन गरिएको थियो । यस अघि भारतको बनारसमा मात्र यस किसिमको महायज्ञ भएको थियो । उक्त महायज्ञमा नेपाल सरकारका मन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरु समेत सहभागी थिए।

उनले प्राप्त गरेको अध्यात्मिक ज्ञान र उनी मार्फत चलाइएको धार्मिक जागरण समेतलाई दृष्टिगत गरि कृष्णदासजी महाराजलाई “जगत गुरु” पदबाट समेत विभुषित गरिएको छ । भारतका विभिन्न स्थानमा रहेका चतु सम्प्रदायका जगतगुरुहरु, शंकराचार्यहरु र भारतको उत्तर प्रदेश सरकारका उपमुख्यमन्त्री लगायतका धार्मिक, राजनीतिज्ञ र उच्च पदस्थ व्यक्तिहरुको रोहवरमा उनलाई जगतगुरु रामानन्दाचार्य पदबाट विभुषित गरिएको हो । हालसम्म नेपालको इतिहासमा भारतका उच्च तहका धार्मिक व्यक्तिहरुको उपस्थितिमा जगतगुरुको उपाधि प्राप्त गर्ने पहिलो व्यक्ति संभवत कृष्णदासजी नै रहेका छन् । उनलाई जगतगुरु पदबाट विभुषित गर्ने समारोहमा भारतीय धार्मिक विद्धानहरुले नेपाललाई देवभुमिको रुपमा चर्चा गर्दै हरेक साधु सन्तहरुले नेपालमा आफनो जीवनको केही कालखण्ड व्यतित गर्ने गरेको उल्लेख गरेका थिए ।

नेपालमा समाधिका लागि ख्याति कमाएका उनले पोखरामा पनि ९ दिनको समाधि गरेका थिए । २०७२ चैतमा पोखराको रामघाटमा उनले गरेको समाधिलाई हजारौ दर्शकले अवलोकन गरेका थिए । पोखरामा सम्पन्न उनको समाधिलाई लिएर स्वास्थ्यकर्मीहरु समेत आश्चर्यचकित भएका थिए भने यसले विज्ञानलाई नै चुनौती दिएको भन्दै उनको चर्चा भएको थियो । आर्युवेदका ज्ञाता, वनस्पति तथा नाडी विज्ञानका विशेषज्ञ एवं पाशुपत सिद्ध महायोगका प्रवर्तक साथैं शक्तिपात दिक्षा मार्फत मानिसमा आध्यात्मिक चेतनाको जागरण गराउन सक्ने क्षमता उनमा रहेको बताईन्छ ।

सेवापिठमा कोरोनाको होल्डीङ्ग सेन्टर

कृष्णदासजी महाराज पिठाधिस रहेको चतरा स्थित रामानन्दचार्य सेवापिठमा गत वर्ष विशाल आश्रम निर्माण गरिएको छ । आश्रममा रहेका ६६ वटा कोठा मध्ये ६० वटा कोठामा कोरोनाको उपचार तथा रोकथामको लागि त्यस क्षेत्रको होल्डीङ्ग सेन्टरको रुपमा उपयोग गरिएको छ । प्रदेश सरकारसंग समन्वय गरेर आश्रमको उपयोग भएको बताइन्छ।सोहिी स्थानमा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान समेत संचालनमा छ । आश्रम रहेकै ठाउँमा १२ वर्ष सम्मका लागि अखण्ड रामनाम संकिर्तन चलिरहेको छ । गुरुको सेवामा भन्दै करिव ५० जना साधक आश्रममा रहेको र उनीहरुले नै संकिर्तन चलाइरहेका छन् ।

रामानन्दाचार्य सेवापिठको भगिनी संस्थाको रुपमा रहेको महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान अन्तर्गत काठमाण्डौ, पोखरा, चितवन, सुर्खेत, धरान लगायत देशका मुख्य शहरमा शाखा विस्तार गरिेएको र ती शाखाले मानवको आत्मकल्याणका लागि योग साधना र धार्मिक जागरण सम्वन्धि काम गर्दै आएका छन् । देशका विभिन्न शहरका साथै बेलायत, अमेरिका, क्यानडा र चीनजस्ता मुलुकमा पनि महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले काम गरिरहेको र ३ लाख भन्दा बढीले साधना लिएको बताइन्छ ।

Trulli
Show More

Related Articles

4 Comments

  1. कृश्न दास एक ब्यक्ती मात्र होइन । एउटा अभियान हो- हाम्रो प्राच्य दर्शन लाइ नया पीढिमा जिबन्त बनाउने। आफ्नै सन्स्कृतीले सम्मुन्नती तिर अग्रसर हुने र हरित क्रान्तीद्दार आत्मा निर्भर बन्ने। साथै आफ्नो गुरु परम्पराको प्रकाशले चिरकाल सम्म बैदिक धर्मलाइ प्रकाशित गरिरहने।

  2. Jasko dwara yo desh ma sakaratmak paribartan aauna sakxa
    Jasko dwara yo desh ka yuwa haru sahi marga ma hidna sakxan
    Jasko dwara yo desh ko dharma, sanskrit ko rakshya hunxa
    Jasko dwara harek manxe le aafno aastityo ko barema bujhna sakxan
    Jasko dwara yo desh ma prem, shanti, swatha, vaichara badayrw janxa
    Aaja Testa mahapurush jail ma aafule gardai nagarayko karma ko sajaya bhojdai hunuhunxa….
    Wah….. re hamro desh ra yeha ka manxay.

प्रतिक्रिया लेख्नुहोस्

Back to top button