Trulli
अर्थबाग्मती प्रदेशशिक्षा/स्वास्थ्यसमाचार

पाटन अस्पतालमा आर्थिक संकट, मेयर महर्जनद्वारा सहयोग गर्ने आश्वासन

ललितपुरमा रहेको पाटन अस्पताल आर्थिक संकटमा पर्दै गएको छ । नेपाल सरकारले कोरोना विशेष अस्पतालको रुपमा घोषणा गरेपनि सरकारबाट आवश्यक सहयोग पाउन नसक्दा अस्पतालले आर्थिक संकटको सामना गर्नुपरिरहेको छ ।
यसै बिच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटन अस्पताल पुगेर कोरोना संक्रमितको अवस्था, उनिहरुको उपचार प्रक्रिया र स्वास्थ्यकर्मीहरुको कार्यशैली एवं व्यवहार बारेमा जानकारी लिएका छन । मेयर महर्जनसंग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा भरत यादवले पाटन अस्पताल आर्थिक संकटमा रहेको बताए । उनले भने ,‘निकट भविष्यमै तलब खुवाउन सक्ने अवस्था हुँदैन, यस्तो अवस्थामा पनि स्टाफहरुले उच्च मनोबलका साथ काम गरिरहनु भएको छ ।’ कोरोना संक्रमण फैलन नदिन लकडाउन आवश्यक भएको उनले बताए । पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएकाले एक महिना लकडाउन गर्नुपर्ने उनको धारणा थियो ।
उपकुलपति डा यादले अस्पतालका चिकित्सकहरुलाई क्वारेन्टिनमा राख्नु पर्ने अवस्था आए त्यसबेला अस्पतालले खर्च गर्न नसक्ने बताउँदै क्वारेन्टिनको व्यवस्था मिलाइदिन महानगरपालिकालाई अनुरोध गरे । 
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णु शर्माले २०७२ सालको भूकम्पका कारण छ महिना वर्षदिन तलब खुवाउनै गाह्रो परेको स्मरण गर्दै कोभिडले त्यस्तै अवस्था सिर्जना गरेको बताए ।
त्यस अवसरमा मेयर महर्जनले पाटन अस्पतालका स्वास्थ्यकर्मी हरुको कामको प्रशंसा गर्दै अस्पतालको आर्थिक संकट समाधान गर्न महानगरको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।उनले सिसिएमको बैठकमा समेत पाटन अस्पतालमा भएको आर्थिक संकटको विषयमा छलफल गर्ने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लिलाराज आचार्यले कोरोना संक्रमण फैलिरहेकाले महानगरले पर्याप्त क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्था गर्नुपर्ने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासन अधिकृत तीर्थ राज भुजेलले सुरक्षा निकाय सहित स्थानीय क्लबहरुको सहभागितामा वडास्तरीय संयन्त्र निर्माण गर्नुपर्ने बताए ।
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button