Trulli
Breaking Newsगण्डकी प्रदेशराजनीतिविशेषशिक्षा/स्वास्थ्यसमाचार

पदाधिकारीको नियुक्ति नहुंदा पोखरा विश्वविद्यालयका सबैजसो गतिविधि ठप्प

विधार्थीहरु रिले अनसनमा,कुलपति तथा प्रमलाई कर्मचारी संघ र प्राध्यापक संघको ज्ञापनपत्र

पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहँदै आएको उपकुलपति र रजिस्टार लगायतका पदाधिकारीको नियुक्ति नहुंदा विश्वविद्यालयका सबैजसो गतिविधि प्रभावित बन्दै गएका छन । ६६ वटा स्कुल, कलेजले सम्बन्धन प्राप्त गरेको र ३० हज़ार भन्दा बढ़ी विधार्थी अध्ययनरत पोखरा विश्वविद्यालय पनि अरु शिक्षण संस्था जस्तै कोरोना महामारीका कारण समस्यामा त परेको छ नै , त्यसमाथी पदाधिकारीको नियुक्ति नहुंदा अध्ययन, अध्यापन , परीक्षा संचालन र प्रकाशन बन्द भएको छ भने भविष्यका लागि नीति र कार्यक्रम तथा रणनीति समेत बन्न सकेको छैन ।
विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न विभिन्न क्षेत्रबाट निरन्तर दवाव दिएपनि अझैसम्म सरकारले चासो देखाएको छैन ।
पोखरा विश्वविद्यालय प्रजातन्त्रबादी कर्मचारी संघका अध्यक्ष तेज नारायण पराजुली र प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष संजिव थापाले यस अगाडी विज्ञप्ति जारी गरेर तथा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएर तत्काल पदाधिकारीहरुको नियुक्ति गर्न माग गरेका थिए ।
विश्वविद्यालय नेतृत्वविहीन भएपछि विश्व विद्यालयको सभा, कर्मचारी नियुक्ति, शिक्षक नियुक्ती, परिक्षा प्रणाली, छात्रवृत्ति, स्ववियुको चुनाव, दीक्षान्त समारोह, टिचिङ अस्पतालको निर्माण लगायत काम प्रभावित भएका छन् ।
प्रजातन्त्रबादी कर्मचारी संघका अध्यक्ष तेज नारायण पराजुलीका अनुसार उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त छ । पूर्णकालीन पदाधिकारी नहुँदा विश्व विद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न सकेको छैन ।
लामो समय पदाधिकारी नियुक्ति गर्न सम्म वेवास्ता गरिएपछि यतिबेला विधार्थीहरु पनि आन्दोलित बनेका छन । जस अनुसार पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने नेपाल विधार्थी संघका नेताहरु गोविकृष्ण तिवारी, निरोज लामिछाने र राजीव भण्डारीले बिहीबारबाट केन्द्रीय कार्यालयको गेटमै नै रिले अनसन सुरु गरेका हुन् । पदाधिकारीहरु नियुक्ति गर्ने आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने विद्यार्थी नेता गोपीकृष्ण तिवारीले बताए ।
विगत १० महिनायता विश्व विद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै रिले अनसन बस्नुपरेको राजीव भण्डारीले वताए ।
विश्वविद्यालयका पूर्वउपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएको थियो । त्यसलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको ३ महिने नियुक्ति भयो ।
उनको पनि ३ महिने म्याद सकिएपछि प्राडा इन्द्रप्रसाद तिवारीलाई पुस १४ गते अर्को व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइयो । तिवारी वैशाख २१ गते अवकास भए ।
शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले उपकुलपतिमा मंसिरमै ३ जनाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले अझै नियुक्ति गरेका छैनन् । यसबीचमा सरकारले पोखरा विश्व विद्यालयको नाममा पोखरा ३२ मा रहेको ३५० रोपनी जग्गासमेत गण्डकी विश्व विद्यालयलाई दिने निर्णयसमेत गरिसकेको छ ।
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button