Trulli
अन्यअपराधअर्थकर्णाली प्रदेशकला/साहित्यखेलकुदगण्डकी प्रदेशपरीक्षापरीक्षा तालिकापरीक्षाफलप्रदेश गतिविधिप्रदेश नं १प्रदेश नं २प्रदेश नं ५बाग्मती प्रदेशमनोरञ्जनमेरो शिक्षाराजनीतिविचार/अन्तरवार्ताविविधविश्वव्यक्ति/संस्थाशिक्षा/स्वास्थ्यसुदूरपश्चिम प्रदेशसूचना/जानकारी

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

३० जेठ, चितवन । समुदायमा कोरोना फैलिन पाएन भनेर खुसी देखिएका चितवनका प्रशासक, चिकित्सक तथा जनप्रतिनिधिहरु सोमवार साँझ एकैपटक २० जना संक्रमित थपिएपछि झस्किए । भारतबाट आएर क्वारेन्टिनमा बसेकादेखि अस्पतालका चिकित्सक र नर्ससम्मलाई कोराना संक्रमण देखिएपछि डराउनु स्वाभाविक हो । त्यसैले त चितवनका स्थानीय तहहरुले धमाधम वडा सिल गरेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुले उतैबाट कोरोना लिएर आएको हुनसक्ने अनुमान गरिए पनि चिकित्सक र नर्सलाई कसरी संक्रमण भयो भन्ने भेउसम्म यहाँका चिकित्सक र सम्बन्धित निकायले पाउन सकेका छैनन् । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ६८ वर्षीय वृद्ध, नारायणी सामुदायिकका चिकित्सक र मनकामना अस्पतालकी एक नर्सलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button