Play

नेकपा एमालेको महाधिबेशनमा १६ वटा राजनीतिक दललाई आमन्त्रण

गुरुकुल खबर


काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारी करिब पुरा भएको छ महाधिबेशनको उद्घाटन समारोहमा  बिभिन्न १६ वटा राजनीतिक दललाई निमन्त्रणा पठाइएको एमालेले जनाएको छ । महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ।
विघटित संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको साथै र कम्युनिष्ट पृष्ठभूमिका अन्य समेत गरि १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाइएको बर्तौलाले बताए । उनका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले जानकारी दिईन । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेटेर निमन्त्रणा दिन बाँकी रहेको छ ।
नेकपा एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुने भएको छ । यसपटक महाधिबेशनबाट अध्यक्षमा निर्बाचित हुन बर्तमान अध्यक्ष केपी ओलिसंगे बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले समेत प्रतिष्पर्धा गर्ने भएका छन पोखरेललाई पुर्व राष्ट्रपति विधा भण्डारी समेतको समर्थन रहने भएको छ।

२३ मंसिर २०८२, मंगलवार १६:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा