Play

संसदीय चुनाबको अन्योल यथावत: कास्कीका तिन क्षेत्रमा उमेदवार बन्न कांग्रेसका ६८ जना आकांक्षी

सम्भावित वा चर्चामा रहेका केहि नेताहरुले उमेदवार बन्ने सूचीमा नाम समाबेश नगर्दा चुनाब बारेमा थप आशंका


गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलन पश्चात बनेको शुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते संसदीय निर्बाचनको मिति तय गरेर चुनाबको लागि तयारी अगाडी बढाएको छ भने सर्वोच्च अदालतमा संसद बिघटन असंबैधानिक कदम भन्दै संसद पुनस्थापनाको माग सहित विभिन्न व्यक्ति वा संस्थाको तर्फबाट करिब २० वटा रिट दायर भएको अबस्था छ।

नेकपा एमालेले आंफ्नो संस्थागत निर्णय सहित संसद पुनर्स्थापनाको लागि अदालतमा रिट दायर गरेको छ। यसका साथै विघटित संसदको सदस्य रहेका नेपाली काँग्रेसका केहि नेताहरुले पनि आइतबार अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै निबेदन दिएका छन। जसका कारण संसद पुनर्स्थापना हुने वा चुनाब हुने भन्ने विषयमा अन्योल बढेको छ।

यस्तो अबस्थामा निर्बाचन आयोगको निर्देशन भन्दै नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले सबै निर्बाचन क्षेत्रस्थित पार्टी समितिलाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको सदस्यको उमेदवार चयन गर्नको लागि एक महिला सहित तीनजनाको नाम पठाउन परिपत्र गरेको छ। कांग्रेस केन्द्रको परिपत्र अनुसार कास्की जिलाका तीनवटा निर्बाचन क्षेत्रले आकाक्षीहरुको नाम संकलन गरेको जनाएका छन। नेपाली काँग्रेसको कास्की क्षेत्र न. १ ले आइतबार र क्षेत्र न.२ र ३ ले सोमबार सिमित नेता कार्यकर्ताको भेला गरि आकाक्षीहरुको नाम संकलन गरेको छन ।

सम्भावित उमेदवारको नाम संकलन गर्नको लागि कास्की क्षेत्र न. १ र २ ले प्रति व्यक्ति १० हजार रुपैयाको दरले रकम संकलन गरेको छन। जसअनुसार कास्की १ मा करिब २ लाख २० हजार र क्षेत्र न. २ मा १ लाख ९० हजार रुपैया संकलन भैसकेको छ। तर, क्षेत्र. न. ३ ले भने प्रति व्यक्ति ५ हजार रुपैयाको दरले रकम संकलन गर्ने जनाएपनि सोमबार नाम मात्र संकलन गरेको थियो। सम्भवत माथिल्लो तहमा नाम सिफारिस गर्ने अन्तिम नामावलीको सुची अनुसार उक्त रकम संकलन गर्ने योजना क्षेत्रिय समितिले बनाएको छ।

यसरि नाम संकलन गर्ने क्रममा कास्की क्षेत्र न. १ बाट जम्मा २० जनामध्ये  १२ जनाले प्रत्यक्षतर्फ र ८ जनाले समानुपातिकतर्फ आबेदन दिएका छन भने क्षेत्र न. २ मा जम्मा १९ जना मध्ये १२ जनाले प्रत्यक्षतर्फ र ७ जनाले समानुपातिकतर्फको उमेद्वार बन्ने चाहना प्रकट गरेको बुझिएको छ। कास्की क्षेत्र न. ३ मा जम्मा २९ जनाले चाहना गरेकोमा प्रत्यक्ष तर्फ १६ जना र समानुपातिक तर्फ १३ जनाले चाहना प्रकट गरेको बताइएको छ।

यसरी ठुलो संख्यामा संसदीय निर्बाचनमा उमेदवार बन्ने चाहना राख्नेहरु देखिएपनि सम्भावित उमेद्वारको रुपमा चर्चा गरिएका कतिपय नेताले  भने उमेदवारको सूचीमा नाम समाबेश नगर्दा चुनाब नहुने भएकोले नाम समाबेश नभएको हो कि भन्ने अनुमान पनि कतिपयले गरेका छन।

कास्की क्षेत्र न. १ बाट प्रत्यक्षतर्फ कृष्ण बहादुर केसी, तिलक रानाभाट, जीवन परिवार, गुरु बराल, सुदिप मोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्की तथा समानुपातिक तर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाले उमेदवारीको लागि चाहना राखेको सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको छ ।

उक्त क्षेत्रबाट यस अगाडी सभामुख बनेका कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, पार्टीको कास्की जिल्ला सभापति किशोरदत्त बराल, क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने लगायतले भने आंफ्नो नाम आकाक्षीको सुचीमा देखिएको छैन।

यसैगरी कास्की क्षेत्र न. २ मा प्रत्यक्ष तर्फबाट उमेदवारीको चाहना राख्नेहरुमा वीरेन्द्रनारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला ‘मधु’, सिराेज विजय कोइराला, ई. सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल, माइकल कर्माचार्यले चाहना प्रकट गरेको छन।

कास्की क्षेत्र न. २ बाट समानुपातिक तर्फबाट उमेदवारीको चाहना राख्नेहरुमा रङ्गीला आचार्य, उमा ठकुरी, शान्ति कुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइरालाको नाम सामाजिक संजालमा सार्बजनिक भएको छ। उक्त क्षेत्रबाट पनि कांग्रेसको तर्फबाट यस अगाडी उमेद्वार बनेका शोभियत बहादुर अधिकारी र देबराज चालिसे र क्षेत्रिय सभापति केशर प्रसाद निर्दोषी लगायतको नाम उक्त सुचीमा देखिएको छैन।

कास्की क्षेत्र न. ३ को सोमबार सम्पन्न कांग्रेस कार्यकर्ताहरुको भेलामा सहभागी केहि नेताले प्रत्यक्ष र समानुपातिक तर्फ आँफु पनि उमेदवारको रुपमा प्रस्तुत हुन चाहेको बताएका थिए। यसरी चाहना प्रकट गर्नेहरु मध्ये प्रत्यक्षतर्फ मनोज गुरुङ, विजय गुरुङ, देवन्द्र केसी, मोहदत्त पोखरेल, धर्मराज अधिकारी, सिता गुरुङ, डा. कृष्ण प्रसाद पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर वराल, जीवन प्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मी प्रसाद पौडेल रहेका छन ।

यसैगरी समानुपातिकतर्फ कृष्ण कुमारी परियार, कमला बिन्दु वराल, विजयालक्ष्मी कोइराला, सिता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुबेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्र कुमार शेरचन, जित बहादुर गुरुङ, मन बहादुर विश्वकर्मा र भिम बहादुर गुरुङले उमेदवार बन्ने चाहना प्रकट गरेको सामाजिक संजालमा सार्बजनिक भएको छ। यस अगाडी पटक पटक उमेद्वार बनेका शुक्रराज शर्माको नाम भने कुनै पनि सूचीमा समाबेश छैन।

नेपाली कांग्रेस क्षेत्र न.३ को भेलामा सहभागीहरु मध्ये केहिले आंफ्नो भनाई राख्ने क्रममा उमेदवार बन्ने चाहना प्रकट गरेको भएपनि अधिकांशले भने बिभिन्न सुझाब मात्र दिएका थिए। भेलामा सहभागी नेपाली काँग्रेसका कास्कीका उपसभापति युवराज कुँवर एबम नेताहरु बाबुराम आचार्य, आनन्दराज मुल्मी, पोखरा महानगर सभापति सुरेन्द्र मान बिजुक्छे, गणेश बहादुर भट्टराई लगायतले पनि आफ्नो नाम उमेद्वारको रुपमा प्रस्तुत गर्न चाहेनन।

भेलामा सहभागी कांग्रेस नेता पोषनाथ शर्मा, पार्टीको जिल्ला सहसचिब शंकर ढुंगाना, प्राध्यापक द्वय यमनाथ तिमिल्सिना र बेदहरी तिमिल्सिना, महाधिबेशन प्रतिनिधि बिष्णुबहादुर क्षेत्री, पुरुषोत्तम पराजुली, पार्टीको केन्द्रिय प्रचार विभागका सदस्य द्वय गंगाधर पराजुली र राज बहादुर गुरुङले पनि उमेदवारको रुपमा आँफुलाई प्रस्तुत गरेनन। उनीहरु सहित गण्डकी प्रदेशका सांसद प्रकाश बराल, माछापुछ्रे गाउँपालिकाका प्रमुख मिनबहादुर गुरुङ र उपप्रमुख सिता अधिकारी, हरी प्रसाद लामिछाने, शुक्रराज पौडेल, सन्तोष पौडेल लगायतले पार्टीले बनाएको उमेद्वारलाई सहयोग गर्ने विचार ब्यक्त गरे।

कांग्रेस प्रचार विभागका सदस्य पराजुलीले बन्द पार्टीको तल्लो तहका कार्यकर्ता एबम समर्थक र शुभचिन्तकहरुले मात्र नभएर बिभिन्न क्षेत्रमा क्रियाशील नागरिकहरुले समेत सहज रुपमा स्वीकार गर्न सक्ने योग्य र अनुभवी व्यक्तिलाई पार्टीले उमेदवार बनाएमा चुनाबमा जित्न सकिने अन्यथा कांग्रेसलाई चुनौती बढ्ने विचार व्यक्त गरे।

२२ मंसिर २०८२, सोमबार २१:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा