Play

कांग्रेस नेता एबम स्थापित पर्यटन ब्यबसायी गणेश भट्टराईका दाजु मनबहादुरको निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका कास्कीका नेता एबम पोखराका स्थापित पर्यटन ब्यबसायी गणेश बहादुर भट्टराईका दाजु मन बहादुर भट्टराईको हालै निधन भएको छ । लामो समयदेखि जर्मनीमा रहँदै आएका भट्टराईको ६८ बर्षको उमेरमा यहि मङ्सिर ४ गते निधन भएको थियो।

सामान्य बिरामी परेको अबस्थामा नै उनको निधन भएको स्व. भट्टराईका भाई गणेशबहादुर भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए । करिब तिस बर्षदेखि जर्मनीमा बस्दै आएका उनि अबिबाहित रहेको बुझिएको छ ।

स्व. भट्टराईको मृत्युसंस्कार सहितको कर्म पोखरा महानगरपालिका -१७ डयामसाईडस्थित गणेश बहादुर भट्टराईको निवासमा भैरहेको छ। तिन छोराहरु मध्ये मनबहादुरको निधन भएपछि उनको काजक्रियामा अर्का भाई रामचन्द्र बहादुर भट्टराई सरिक भएको छन ।

पोखराका स्थापित पर्यटन ब्यबसायी एबम राजनीतिक व्यक्तित्व भट्टराईको परिवार एक सदस्यको निधन भएपछि नेपाली काँग्रेस लगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु र पोखराको पर्यटन, खेलकुद लगायत बिभिन्न संघसंस्थामा संलग्न व्यक्तित्वहरु समबेदना प्रकट गर्न उनको निवासमा पुग्ने क्रम जारी छ ।

२२ मंसिर २०८२, सोमबार १९:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा