पोखरा, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की अगाडि पार्किङ गरी राखिएको प्रहरी कर्मचारीको मोटरसाइकल ग ६ प २०६१ नम्बरको चोरी गरी चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा न. ५ पर्स्याङ बस्ने ३६ वर्षका विश्वराज परियार र पोखरा महानगरपालिका वडा न. १३ शान्तिटोल बस्ने ३२ वर्षका देबकुमार लोदिया रहेकको प्रहरीले जनाएको छ।
उनीहरूलाई २०८२ कार्तिक २१ गते दिउँसो करिब ३ बजे पर्स्याङ क्षेत्रबाट चोरी गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीहरूविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी आबश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।



















