पोखरा, नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ । प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
कार्यक्रममा युनियनको कास्की जिल्ला अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न सामाग्री वितरण गरेका थिए ।
कार्यक्रमा पोखरा आरोग्य आश्रमका अध्यक्ष सुवाष तझ्याले पत्रकारिताको माध्यमबाट मुलुकको भलो गर्ने पत्रकारको संस्थाको स्थापना दिवसमा मनाइने कार्यक्रमले आगामी दिनमा अझराम्रा कार्यक्रमका साथ अघि बढ्न प्रेरणा मिल्ने बताए । आश्रमका बारेमा जानकारी दिदैं उनले पछिल्लो समय कुष्ट प्रभावितहरु बढ्दै गएको बताए ।
प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ज्याति हमाल र सञ्चालन सचिव धनबहादुर गुरुङले सञ्चालन गरेका थिए ।