Play

सुनको सिक्री चोरेको आरोपमा एक पक्राउ

गुरुकुल खबर


पोखरा, पुस ४ गते राति २३ः४५ बजेको समयमा जिल्ला पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलबाट सुनको सिक्री चोरी गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा २७ जरुवा बस्ने वर्ष २९ का हेमन्त पुनको घाँटीमा लगाई रहेको सुनको सिक्री चोरी गरी फरार रहेको आरोपमा वडा नं. ४ सिदार्थचोक बस्ने वर्ष २७ का सुमन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको साथबाट सिक्री जस्तो देखिने पहेँलो धातुको सिक्री थान १ सहित उनलाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट महेन्द्रपुल स्थित प्रहरी बिटमा खटिएको प्रहरी टोलीले पक्राउ गरी परियारलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

६ पुष २०८०, शुक्रबार १२:१६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा