Play

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए सपथ, पाँच सदस्यीय मन्त्रीमण्डल गठन

गुरुकुल खबर


पोखरा, कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री दोहोरिएका कार्कीले शुक्रबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई मन्त्री बनेका छन् भने राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरिएको छ ।

मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य, कार्कीलाई भौतिक पूर्वाधार विकास, राईलाई वन वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म सरकारमा सहभागी नहुने एमालेसँग सहकार्य गर्दै आएको राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले स्पष्ठ पारे ।

मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका बताए । सबै दल मिलेर सरकार चलाउने विषयमा आफूले छलफल अघि बढाउने पनि उनले बताए । निवर्तमान मुख्यमन्त्री तथा गठबन्धन दल कांग्रेस नेता उद्धव थापाले सर्वदलीय वा सहमतिको सरकारको विषयमा गठबन्धन दलको शीर्ष नेताहरूबीच छलफल भएर निर्णय गरेपछि मात्रै निक्र्यौल हुने बताए ।

 

२३ भाद्र २०८०, शनिबार १३:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा